प्रचण्ड कप: पुलिस र एपिएफ उपाधिका लागि भिड्ने
तेस्रो स्थानको लागि डायमण्ड र एभरेष्ट भिड्ने
पाेखरा | जेठ ३०, २०८२
पोखरा: पोखरामा जारी प्रचण्ड कप राष्ट्रिय महिला भलिबल प्रतियोगिता दुई विभागिय टोली नेपाल पुलिस क्लब र शसस्त्र प्रहरी बलको एपिएफ क्लब फाइनलमा प्रबेश गरेका छन् ।
पोखरा रंगशालाको कभर्डहलमा आज भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै दुई विभागीय क्लबले उपाधिको लागि स्थान पक्का गरेका हुन् ।
पहिलो सेमिफाइनल खेलमा पुलिसले एभरेष्ट क्लब माथि ३–० को सोझो सेटमा विजयी गर्दै फाइलनमा स्थान पक्का ग¥यो । पुलिसले एभरेष्ट माथि २५–१६, २५–१३ र २५–११ को सोझो सेटमा पराजित गरेको हो ।
दोस्रो सेमिफाइनल खेलमा एपिएफले न्यू डायमण्डलाई २५–१७, २६–२४ र २५–१९ को सेटमा पराजित गर्दै फाइनलमा यात्रा तय गरेको हो । शनिबार दुबै टोलीले उपाधिको लागि फाइनल खेलमा प्रतिस्पर्धा गर्ने भएका छन भने तेस्रो स्थानको लागि शनिबार ३ः०० बजे एभेरेष्ट बिरुद्ध न्यु डायमण्ड बिच खेल हुने भएको नेशनल स्पोट्र्स एकेडेमीका अध्यक्ष दिपक कोइरालाले बताए ।
प्रतियोगितामा विजेता टिमले ६ लाख रुपैयाँ, उपविजेताले ३ लाख, तेस्रो हुने टिमले १ लाख रुपैयाँको साथमा ट्रफी मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् । साथै उत्कृष्ट खेलाडीलाई ३० हजार र अन्य विधामा उत्कृष्ट प्रशिक्षक, सटर, ब्लकर, लिब्रो, सर्वर र स्पाइकर लगायत विभिन्न विधामा उत्कृष्ट हुनेलाईे जनही २० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

