नेपालगन्ज-पोखरा स्तरीय बस सेवा संचालनको माग

नेपालगञ्ज | असार १, २०८२

नेपालगन्ज-पोखरा स्तरीय बस सेवा संचालनको माग

नेपालगन्ज: पोखरा र नेपालगन्जविच विगत केही बर्षदेखि जोडिएको हवाई सेवालाई थप विस्तार गर्दै दुई शहरविच स्तरीय बस सेवा संचालनका लागि ब्यबसायीले जोड दिएका छन् ।


जाउँ है पोखरा अभियान अन्तर्गत शनिबार बाँकेको नेपालगन्जमा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा पोखरा र नेपालगन्जका ब्यबसायीले दुई शहर जोड्ने गरी पर्यटकीय बस सेवा समेत संचालन गर्नुपर्ने आबश्यकता औंल्याए ।


पोखरा र नेपालगंजविच जारी हवाई सेवा विस्तार गर्दै उडान संख्या बढाउनुपर्ने विषय पनि कार्यक्रममा उठेको थियो ।


होटल संघ पोखरा नेपालका अध्यक्ष एबं अभियानका संयोजक लक्ष्मण सुबेदीले पर्यटनका लागि कनेक्टिभिटी महत्वपूर्ण हुने भन्दै पोखरा र पश्चिम नेपालका विभिन्न शहरविच स्तरीय बस सेवा जरुरी भएको भनाई राखे ।


होटल संघ नेपालका केन्द्रीय सदस्य एबं आयोजक संघका सल्लाहकार परिषद् अध्यक्ष भरतराज पराजुलीले अभियानको निरन्तरता नै सफलताको सूचक भएको भनाई राखे । पूर्वाधारको विकास र पर्यटन मैत्री वातावरणमा सरकारले ध्यान दिनुपर्ने पराजुलीले बताए । लुम्बिनी प्रदेशका सांसद कृष्णा केसीले पर्यटन प्रबर्द्धनका सन्दर्भमा पोखरालाई आफ्नो साथ रहने भनाई राखिन् ।


नेपालमा पाँच सय दरका भरतीय रुपैयाँका नोट चलाउन दिनुपर्ने, चेकिङका नाममा भरतबाट आउने पर्यटकलाई नाका र अन्य ठाउँमा सुरक्षाकर्मीले दुस्ख दिन नहुने र दुई शहरविच पर्यटनका संयुक्त प्रबर्द्धनात्मक कार्यक्रम संचालन गरिनुपर्ने गुनासा र सुझाव नेपालगन्जका ब्यबसायीले राखेका थिए । 


होटल संघ बाँकेका अध्यक्ष दिवाकर खनाल, होटल ब्यबसायी महासंघ लुम्बिनीका संस्थापक भास्कर काफ्ले, नेपाल उद्धोग वाणिज्य संघ नेपालगन्जका उपाध्यक्ष चिरन्जिवी वली, बन्दिपुर केवलकारका उपाध्यक्ष किरण पोखरेल, नाट्टा बाँकेका अध्यक्ष श्रीराम सिग्देल, नेपाल पत्रकार महासंघ बाँकेका पूर्व अध्यक्ष झलक गैरे र नरैनपुर गाउँपालिकाका अध्यक्ष इस्तियात अहमद शाह लगायतले कार्यक्रममा भनाई राखेका थिए ।


पोखराबाट जेठ २९ गते पश्चिम नेपालका लागि हिंडेको संघको टोली असार दुई गते पोखरा फर्कने छ । यस अघि पाल्पा र बुटवलमा औपचारिक कार्यक्रम गरेको टोलीले सुर्खेत र दाङमा पनि कार्यक्रम संचालन गर्ने छ ।

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्