हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट

हुम्ला | असार २, २०८२

हुम्लाको उनापानीमा आगलागीबाट आठ घर नष्ट सांकेतिक तस्वीर

हुम्ला:  हुम्ला– हुम्लाको  सर्केगाड गाउँपालिका– ३ स्थित उनापानीको औल बस्तीमा आगलागी हुँदा आठ घर जलेर नष्ट भएका छन् ।


आइतबार राति स्थानीय बिर्ख रावतको घरको गोठबाट सुरु भएको आगलागी सोमबार बिहान मात्रै नियन्त्रणमा आएको हो ।


आगलागीबाट आठवटा घर जलेर पूर्ण नष्ट रुपमा भएको  स्थानीय धनबहादुर रावतले जानकारी दिए । आगलागीको कारण खुलेको छैन ।

 

सर्केगाड प्रहरी चौकीका प्रहरी निरीक्षक सुविन शाहको नेतृत्वको टोली राति नै घटनास्थलमा पुगेर अहिले आगो नियन्त्रणमा ल्याउने कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी नायब उपरीक्षक शङ्कर पोखरेलले जानकारी दिए ।


आगलागीबाट विजन फडेरा, धनबहादुर रावत, जनक रावत, बिर्ख रावत, पाले फडेरा, लालकौरा फडेरा, दुधशिला फडेरा, बाटुली फडेराको घर जलेर नष्ट भएको बताइएको छ ।


आगलागीबाट घरमा भएका अन्नपात, भाँडाकुँडा, नागरिकता, घरको लालपुर्जा, अन्य कागजातसहित घरमा भएको नगद रुपैयाँ जलेर नष्ट भएको पीडित धनबहादुरले बताए ।


आगलागीबाट भएको क्षतिको पूर्ण विवरण आउन बाँकी रहेको छ ।

म्याग्दी:  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...

थप पढ्नुहोस्

गण्डकी:  मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ ।  पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...

थप पढ्नुहोस्

काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

थप पढ्नुहोस्