विशेष अदालतमा माधव नेपालको बयान सुरु, थुनछेक बहस आजै

काठमाडाैं | असार ११, २०८२

विशेष अदालतमा माधव नेपालको बयान सुरु, थुनछेक बहस आजै

काठमाडौं:  पूर्व प्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपाल  बयानकालागि विशेष अदालत पुग्नुभएको छ ।


पतञ्जलि जग्गा हिनामिना प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको मुद्दाका क्रममा उहाँ आजअदालतमा आफैँ हाजिर हुनुभएको हो ।


नेपालले बुधवार दिएकै निवेदनका आधारमा विशेष अदालतमा उहाँको बयान सुरु भएको छ । विशेष अदालतका न्यायाधीशहरू तेज नारायण सिंह राई, रामबहादुर थापा र विदुर कोइरालाको इजलासमा उहाँको बयान सुरु भएको हो ।


विशेष अदालतको दैनिक पेसी सूचीमा इजलास नम्बर २ मा माधवकुमार नेपालको मुद्दा पहिलो नम्बरमै राखिएको छ ।


गत जेठ २२ गते नेपालसहित ९३ जनाविरुद्ध अख्तियारले भ्रष्टाचार मुद्दा दायर गरेको छ । उहाँको हकमा १८ करोड ५८ लाख ५० हजार रुपैयाँ बिगो जरिवाना र सजाय माग दाबी भएको छ ।

 

विशेष अदालतले उहाँको बयान लिएपछि थुनछेक बहससमेत आजै तोकेको छ ।

मुस्ताङ:  यहाँस्थित जिल्ला प्रहरी कार्यालय मुस्ताङ मातहत १९ प्रहरी एकाइ कार्यालय छन् । यसमध्ये १० प्रहरी एकाइ कार्यालयको आफ्नै भवन छैन । कार्यालय भवन नभएका यहाँस्थित प्रहरी एकाइ हालसम्म पनि विभिन्न व्यक्ति तथा सं...

थप पढ्नुहोस्

काठमाडौं:  २०८२ साल फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गरिएको छ।  निर्वाचन आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुस...

थप पढ्नुहोस्

मकवानपुर: मकवानपुरमा सुमो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ। काठमाडौंबाट हेटौडा तर्फ जाँदै गरेको ना.१ज १७७८ नम्बरको सुमो गाडी भीमफेदी गाउँपालिका-६ जुरीखेतस्थित भीमफेदी कुलेखानी काठमाडौँ सडक खण्डम...

थप पढ्नुहोस्