माछापुच्छ्रे गाउँपालिकाको बजेट ६७ करोड ९९ लाख ५१ हजार
पाेखरा | असार ११, २०८२
पोखरा: कास्कीको माछापुच्छ्रे गाउँपालिकाले आगामि आर्थिक वर्ष २०८२/८३ का लागि ६७ करोड ९९ लाख ५१ हजार वजेट प्रस्ततु गरेको छ ।
माछापुच्छ्रे गाउँपालिाकाकी उपाध्यक्ष सीता अधिकारीले आगामि आर्थिक वर्षका लागि ६७ करोड ९९ लाख ५१ हजार वजेट प्रस्तुत गरेकी हुन् ।
जस अन्तर्गत संघीय सरकार वित्तिय समानिकरण अनुदान ११ करोड २४ लाख, संघीय सरकार सर्शत अनुदान २७ कोरोड ९४ लाख, संघ समपुरक अनुदान तर्फ ८१ लाख, संघीय सरकार राजश्व वाँडफाँट १२ करोड १९ लाख, संघ रोयल्टी बाँटफाँट बाट ४३ लाख रुपैया मात्र अनुमान गरिएको छ ।
प्रदेश सरकार वित्तिय समानिकरण अनुदान रु १ करोड २६ लाख ५९ हजार, प्रदेश सरकार विशेष अनुदान ४० लाख र प्रदेश सरकार समपुरक अनुदान ६० लाख, प्रदेश सरकार शशर्त अनुदान २ लाख, प्रदेश राजश्व वाडँफाँड तर्फ १ करोड १२ लाख ४४ हजार प्राप्त हुने अनुमान गरिएको छ ।
माछापुच्छ्रे गाउँपालिकाको आन्तरिक राजश्व अनुमान रु २ करोड ९५ लाख चालु वर्षको बैंक मौज्दात ५ करोड ६४ लाख ३३ हजार अनुमान गरिएको छ ।
यता विषयगत क्षेत्रगतको पुर्वधार विकास तर्फ रु ११ करोड ५० लाख ५० हजार, सामाजिक विकास तर्फ ४ करोड ९४ लाख ३३ हजार, आर्थिक विकास तर्फ २ करोड ४४ लाख ८ हजार, वातावरण तथा विपद् व्यवस्थापन तर्फ ९५ लाख, संस्थागत विकास सेवा प्रवाह तथा सुशासन तर्फ १ करोड ६४ लाख ५० हजार, गाउँपालिका कार्यालय तथा मातहत कार्यालय संचाल तथा व्यवस्थापनमा १० करोड ८० लाख १० हजार र अन्य फिर्ता गर्नुपर्ने रकमहरु २ करोड ३५ लाख र वडागत बजेट तर्फ ५ करोड ४० लाख र शशर्त अनुदानमा २७ करोड ९६ लाख ५१ हजार छुट्टाइएको छ ।
‘पर्यटन, कृषि, उर्जा र पूर्वाधारः समुन्नत माछापुच्छ्रे निमार्ण मूल आधार’ भन्ने मुल नारालाई साकार पार्ने योजनाका साथ आगामि आर्थिक वर्षको वजेट तय भएको उपाध्यक्ष अधिकारीले जानकारी दिइन् ।
यसैगरी माछापुच्छ्रे गाउँपालिकाको १७ औं गाउँसभाले अवको आर्थिका बर्ष देखि लागूहुने गरी नागरिकता सिफारिस शुल्क नलाग्ने निर्णय गरेको अध्यक्ष मिनबहादुर गुरुङले जानकारी दिए । गाउँसभाको सहजिकरण पालिकाका प्रमुख प्रशाशकीय अधिकृत केशव सुवेदीले गरेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

