मानवसेवा आश्रमलाई निरमाया दोहोरी साँझका कलाकारको खाद्यान्न सहयोग

पाेखरा | असार २१, २०८२

मानवसेवा आश्रमलाई निरमाया दोहोरी साँझका कलाकारको खाद्यान्न सहयोग

पोखरा:    विगत २१ वर्षदेखि लोक संस्कृतिको जगेर्ना गर्ने उद्देश्यसहित पोखाराको चिप्लेढुंगामा सञ्चालित निरमाया दोहोरी साँझका कलाकारहरुले मानवसेवा आश्रमलाई खाद्यान्नका समाग्री सहयोग गरेको छ ।

 

दोहोरी साँझको २१ औँ वार्षिकोत्सवको अवसरमा पोखरा महानगरपालिका १७ स्थित संचालनमा रहेको आश्रमलाई करिब २५ हजार बराबरको खाद्यान्नका समाग्री सहयोग गरेको हो ।

 

कला, संस्कृतिको संरक्षणसँगै सामाजिक कार्यमा पनि क्रियाशिल हुनुपर्ने हेतुका साथ सहयोग गर्न मानव आश्रम पुगेको निरमाया दोहोरी साँझका कलाकार प्रमुख गुप्त गुरुङले जानकारी दिए ।

 

उनका अनुसार पोखरामा छुट्टै छवि बनाउन सफल निरमाया दोहोरी साँझले हरेक वर्ष वार्षिकोत्सबको अवसरमा विविध साँस्कृतिक कार्यक्रमको आयोजना गर्दै आएको छ ।

 

सोही अनुसार यस वर्षपनि असार १५ देखि २० गतेसम्म राष्ट्रियस्तरका ख्यातिप्राप्त लोक तथा दोहोरी कलाकारहरुले वार्षिकोत्सबको अवसरमा प्रस्तुती राखेका थिए ।

 

सोही कार्यक्रममार्फत संकलित रकममध्येबाट आश्रमलाई सहयोग हस्तान्तरण गरेको उनले बताए । 

 

कलाकार प्रमुख गुरुङका अनुसार सहयोग हस्तान्तरण कार्यक्रममा टेक क्षेत्री, टस गुरुङ, गुप्त गुरुङ, पाण्डव गुरुङ, किसान नेपाली, मनोज नेपाली, लक्ष्मण ठकुरी, प्रशान्त तामाङ, यम नेपाली, सञ्जय गायक, निकेश बिक, इन्द्रा गुुरुङ, बत्ति थापा मगर, चिना थापा मगर, ललिता पुन, सुनिमा गुरुङ, पुजा तामाङ, निरुता थापा मगर, निशा गुरुङ, सरिता राई कलाकारहरुको उपस्थिति रहेको थियो ।

 

गुप्त गुरुङ नेतृत्वको उक्त कलाकार समूहले आगामी दिनमासमेत सामाजिक कार्यलाई निरन्तरता दिने जनाएको छ ।

पोखरा:   पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...

थप पढ्नुहोस्

पोखरा:   पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ ।  हरिताल...

थप पढ्नुहोस्

पोखरा:   उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...

थप पढ्नुहोस्