चलचित्र पत्रकार संघ कास्कीको २२ औं वार्षिकोत्सव सम्पन्न

पत्रकारिता, नेतृत्व र भविष्यका बहसहरूमा जोड

पाेखरा | असार २२, २०८२

चलचित्र पत्रकार संघ कास्कीको २२ औं वार्षिकोत्सव सम्पन्न

पोखरा:   चलचित्र पत्रकार संघ नेपाल कास्कीको २२ औं स्थापना दिवसको अवसरमा आज आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम विविध धारणा, सुझाव र प्रेरणादायी मन्तव्यले सम्पन्न भएको छ ।


चलचित्र पत्रकार संघ नेपाल कास्कीका संस्थापक अध्यक्ष श्रीराम सिग्देलले कार्यसमितिमा देखिएको समस्याको समाधान गर्न आफूले जिम्मा लिएको बताउँदै केन्द्रबाट अधिवेशनका लागि परिपत्र आएपछि छैटौं अधिवेशन गरिने जानकारी गराए । 


उनले २०६० साल असार २२ गते संस्थाको स्थापना भएको र  संस्थाले विविध चुनौति पार गर्दै यहाँसम्म आएको उल्लेख गरे ।


संघका सल्लाहकार सुरेश रानाभाटले संघलाई मजबुत बनाउने आधारका रूपमा विधान र कार्यविधिलाई अक्सिजनको संज्ञा दिए । कास्की शाखा देशभरकै उत्कृष्ट शाखा भएको उल्लेख गर्दै संस्था मजबुत भएको अभिव्यक्ति उनले राखे ।


नेपाल पत्रकार महासंघ गण्डकी प्रदेशका अध्यक्ष रमेश पौडेलले चलचित्र पत्रकारितालाई जोगाउन चलचित्रसम्बन्धी गतिविधि बढाउनुपर्नेमा जोड दिंदै मिडिया नै कलाकारलाई बाहिर ल्याउने मूल माध्यम भएको उल्लेख गरे ।


कार्यक्रममा नेपाल पत्रकार महासंघ कास्कीका अध्यक्ष माधव बरालले संघ युवा अवस्थामा प्रवेश गरेको बताउँदै यसको गतिशीलता कायम राख्नुपर्ने आवश्यकतालाई जोड दिएका छन् । 


नेतृत्वविहीनताको प्रभाव स्वभाविक भएको बताउँदै समाधानका उपायसहित अघि बढ्नुपर्ने सुझाव उनको छ ।


कलाकार प्रकाश घिमिरेले पत्रकारहरूले राम्रो चलचित्रलाई खुलेर राम्रो भन्नुपर्ने र पैसा कमाउने फिल्म मात्र राम्रो भन्ने मानसिकता त्याग्नुपर्ने बताए । 


उनले आफ्ना अनुभव सुनाउँदै कहिलेकाहीँ उत्कृष्ट अभिनय भए तापनि सिनेमा फेल हुने अवस्थाको चिन्ता व्यक्त गरे । चलचित्र पत्रकार संघ नेपाल कास्कीले गर्दै आएको सिनेमा संवाद लगायतका गतिविधिको उनले प्रशंसा गरेका छन् ।


कलाकार माओत्से गुरुङले चलचित्र पत्रकारितालाई परिस्कृत गर्दै अघि बढाउन र चलचित्र ऐनमा रहेका त्रुटिहरू सच्याउन मिडियाको सक्रिय भूमिका अपरिहार्य रहेको बताएका छन् ।


संघका पूर्वउपाध्यक्ष एवम् पूर्वसल्लाहकार राजाराम पौडेलले नेतृत्वले आफ्नो कार्यकाल पूरा गर्नुपर्ने आवश्यकतासँगै सिनेमा संवाद कार्यक्रमलाई अझ परिस्कृत र प्रभावकारी बनाउनुपर्ने बताए । चलचित्र पत्रकार संघ नेपाल कास्कीले केवल चलचित्र भन्दा पनि  मनोरञ्जन क्षेत्रका हरेक आयाममा कलम चलाउन पत्रकारलाई प्रोत्साहन गर्नुपर्ने विषयमा उनले जोड दिएका छन् ।


संघका पूर्व सह—सचिव एवम् पत्रकार विजय नेपालले चलचित्र पत्रकारका लागि फेलोसिप, तालिम र गोष्ठी कार्यक्रम सञ्चालन गर्न सुझाव दिएका छन् ।


संघका सचिव सन्तोष बस्यालले संस्थाको वर्तमान अवस्थाको विषयमा जानकारी गराएका थिए । संस्थापक अध्यक्ष सिग्देलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा उपस्थित सबैले चलचित्र पत्रकार संघ कास्कीको भूमिका, भविष्य र सुदृढीकरणका विविध आयाममा विचार प्रस्तुत गरे ।

 

चलचित्र पत्रकारहरुको हकहितमा ७ जेठ, २०५६ मा केन्द्रमा भरत शाक्यको अध्यक्षतामा गठित चलचित्र पत्रकार संघले पहिलोपल्ट चलचित्र नगरी पोखरामा २२ असार, २०६० मा शाखा बिस्तार गरेको थियो ।

काठमाडौं:  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । महाशाखाका ...

थप पढ्नुहोस्

पोखरा: लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत आइतबारदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ ।  ३ दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमले भाग लिएका छन् । लिग चरणको खेलमा आयोजक, जि।एम। समाज, ढुंग...

थप पढ्नुहोस्

काठमाडौं: नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ । ...

थप पढ्नुहोस्