बाढीले एक दर्जनभन्दा बढी गाडी बगायो, रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति
काठमाडाैं | असार २४, २०८२

काठमाडौं: मंगलबार बिहान सवा दिन बजे आएको बाढीले नेपाल–चीन जोड्ने मितेरीपुलबीच भागमा भाँचिएर बगाई टिमुरेस्थित भन्सार यार्डमा बाढी पसेको थियो ।
त्यहाँ रहेका सात आठवटा गाडी र आठ नौवटा मालबाहक कन्टेनर डिब्बा बगाएको बगाएको जानकारी सशस्त्र प्रहरीले दिएको छ ।
रसुवा जिल्लाको गोसाईकुण्ड गाउँपालिका वडा नं. २ रसुवागढीस्थित नेपाल–चीन सीमानाकामा चीनतर्फ वर्षाको कारण बाढी आउँदा नेपाल–चीन जोड्ने मितेरीपुल बीच भागमा भाँचिएर बगाई टिमुरे स्थित भन्सार यार्डमा बाढी पसेको थियो ।
भन्सार यार्डमा एक जना स्थानीय, एक जना नेपाल प्रहरी र बिओपी टिमुरेमा कार्यरत सप्रज प्रदिप वाग्ले चारैतर्फ बाढीले गर्दा फसेकोले उद्धार कार्यको प्रयास भइरहेको जानकारी सशस्त्र प्रहरीले दिएको छ । बाढी बढेकाले उद्धार कार्य कठिन भएको जानकारी दिइएको छ ।
नदीमा पानीको बाहब धेरै बर्दै गई रहेकाले तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीय नागरिकहरुलाई सचेत गराइएको बिओपी टिमुरे रसुवाबाट सहायक प्रहरी निरीक्षक प्रकाश पाण्डे कमाण्डमा २० जनाको टोली खटिएको छ ।
रसुवागढी हाइड्रोपावरको ड्याममा क्षति भएको पुगेको छ । बिहान ६ बजेबाट बजे रसुवा गोसाइँकुण्ड गापा २ तातोपानी स्थित पासाङल्हामु राजमार्ग अन्तर्गत स्याफ्रुबेशी–रसुवागढी सडकखण्डमा भोटेकोशी नदीमा आएको बाढीले सडक पूर्ण कटान गरी पहिरो झरी सडक अबरुद्ध रहेको छ । उद्धार सामग्रीसहित उद्धारकर्ता घटनास्थल तर्फ गएको जानकारी पनि सशस्त्र प्रहरीले दिएको छ ।
काठमाडौं: हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपासमा अवस्थित रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । साथै, बङ्गालको खाडीबाट जलवाष्पयुक्त हावाको प्रभाव रहेको देखिन्छ । महाशाखाका ...
पोखरा: लामाचौर कप भलिबल प्रतियोगिता अन्तर्गत आइतबारदेखि खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । ३ दिनसम्म चल्ने प्रतियोगितामा ६ टिमले भाग लिएका छन् । लिग चरणको खेलमा आयोजक, जि।एम। समाज, ढुंग...
काठमाडौं: नेपालको संविधान घोषणा भएको एक दशक पुगेको अवसरमा यस वर्ष भव्यताका साथ उत्सव मनाउन प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा आज संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ मूल समारोह समिति गठन भएको छ । ...