मनसुनी वायुको प्रभाव कायमै, सतर्कता अपनाउन आग्रह

काठमाडाैं | असार २७, २०८२

मनसुनी वायुको प्रभाव कायमै, सतर्कता अपनाउन आग्रह

काठमाडौँ:   हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।

 

मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ।

 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ।

 

कोशी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

 

शुक्रबार बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ।

 

देशको उच्च-पहाडी तथा हिमाली भू-भागका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।सम्भावित वर्षाको कारणले भू-क्षय, बाढी, पहिरो तथा गेग्रान बहावको जोखिम रहेकोले सहरी तथा तराई क्षेत्रहरूमा डुबानको जोखिम रहेको, ठुला तथा साना नदी नाला र खोलाहरूमा पानीको सतह बढ्न सक्ने भएकोले आवश्यक सतर्कता तथा पूर्व तयारी अपनाउन महाशाखाको अनुरोध छ।

पोखरा:    आसन्न प्रतिनिधि सभा निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का कास्की क्षेत्र नं. २ का उम्मेदवार रश्मि आचार्यले विकास र समृद्धि नै आफ्नो एकमात्र अर्जुन दृष्टि भएको बताएका छन् ।   पो...

थप पढ्नुहोस्

कास्कीको अन्नपूर्ण गाउँपालिका १०÷११ स्थित घान्द्रुकमा आयोजित घान्द्रुक पर्यटन महोत्सव शनिबार सकिएको छ ।   घान्द्रुक पर्यटन व्यवस्थापन समिति र रोधीं क्लब कोँड (घान्द्रुक)को संयुक्त आयोजनामा बुधबारदेख...

थप पढ्नुहोस्

पोखरामा शनिबार सम्पन्न गण्डकी प्रदेशस्तरीय महिला तथा पुरुष ह्याण्डबलमा कास्कीले दोहोरो उपाधि जितेको छ ।   प्रदेश खेलकुद परिषद गण्डकीको आयोजना तथा गण्डकी प्रदेश ह्याण्डबल संघको आयोजनामा सम्पन्न प्रतियोगिताम...

थप पढ्नुहोस्