यातायात कार्यालय कास्कीका कार्यालय सहयोगी दिपक ७ हजार घुस सहित पक्राउ
पाेखरा | असार ३२, २०८२
यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीको कार्यालय । फाइल तस्बिर
पोखरा: यातायात व्यवस्था कार्यालय सवारी चालक अनुमति पत्र कास्कीमा कार्यरत कार्यालय सहयोगी दिपक पौडेल घुसहित पक्राउ परेका छन् ।
सेवाग्राहीसँग घुस मागेको सूचनाका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, पोखराबाट खटिएको टोलीले पौडेललाई मंगलबार ७ हजार घुससहित पक्राउ गरेको हो ।
सवारी चालक अनुमति पत्रको अनलाईन फारम भरिदिने र लिखित परीक्षामा उत्तीर्ण गराई परीक्षामा समेत पास गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको आरोपमा उनलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराले जनाएको छ ।
पक्राउ परेका पौडेललाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।
म्याग्दी प्रहरीले एक युवकको हत्या आरोपमा २२ वर्षीय प्रकाश विकलाई पक्राउ गरेको छ । उनीविरुद्ध म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाका २४ वर्षीय सौरव विकको हत्या गरेको आरोप छ । हत्य...
पोखरा २७ मा सञ्चालित त्रिवेणी इन्टरनेशनल कलेजले आयोजना गरेको रक्तदान कार्यक्रममा ६४ युनिट संकलन भएको छ । कार्यक्रममा पोखरा महानगरपालिका २७ का वडाध्यक्ष पूर्णकुमार गुरुङले पहिलो रक्तदाता पोखर...
लेखनाथ: एनआइएमबी बैंकले पोखरा महानगरपालिका २६ स्थित सिर्जना बहिरा आवासिय माध्यामिक विद्यालयका १ सय ८१ बालबालिकालाई आईतबार पोशाक वितरण गरेको छ । संस्थागत सामाजि...

