पोखरा २६ का जेष्ठ नागरिक र परियार समाजलाई बाद्य सामाग्री हस्तान्तरण
पाेखरा | साउन ६, २०८२
पोखरा: पोखरा महानगरपालिका वडा नं. २६ ले वडाका विभिन्न जेष्ठ नागरिक समूहलाई बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेको छ ।
वडा अध्यक्ष नरेन्द्र थापाले जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रका लागि खैजडी, मादल, मुजुरा लगायतका बाद्यबाधनको सामाग्री हस्तान्तरण गरेका हुन ।
घरेलुचौर दिवा सेवा केन्द्र, सक्नेरी जेष्ठ नागरिक दिवा सेवा केन्द्र, सर्वमोक्ष धाम मन्दिर, जटा शंकरमा रहेको सिलिङ्गे जेष्ठ नागरिक दिवा सेवा केन्द्र, खाष्टेताल जेष्ठ नागरिक समाज, खरानोचोक फराकको चौतारा जेष्ठ नागरिक समुहलाई उक्त सामाग्री हस्तान्तरण गरिएको हो ।
यसैगरी देउराली मन्दिरको समूहलाई पनि एक सेट बाद्यबाधनको सामाग्री हस्तान्तरण गरिएको हो । सामाग्री हस्तान्तरण गर्दै वडाध्यक्ष थापाले जेष्ठ नागरिकको शिप, ज्ञान र विचारलाई पुस्तान्तरण गर्नु पर्नेमा जोड दिए ।
थापाले जेष्ठ नागरिकहरु स्वभावैले धार्मिक हुने भएकाले भजन कृतनमा सहज हुने गरी सामाग्री बितरण गरिएको बताए । उनले आफुहरु निर्वाचित भएर आएपछि जेष्ठ नागरिकहरुको दिवा सेवा केन्द्रमा खाजा बितरण र विपन्न सुत्केरीलाई पोषण बितरणको पहिलो निर्णयमा हस्ताक्षर गरेको उल्लेख गरे ।
उनले सोही निर्णय अनुसार बार्षिक रुपमा वडाका चार स्थानका जेष्ठ नागरिक सेवा केन्द्रमा खाजा बितरण गर्दै आएको बताए ।
वडा सदस्य लक्ष्मीदेवी भट्टराई, सुजता बराल सुनार, सचिव लिलामणि भण्डारी सहित वडाको टिम सामाग्रही बितरण गर्न सेवा केन्द्रमा पुगेको थियो ।
यसैविच परियार समाज पोखरा २६ लाई लोकसंस्कृति जगर्नोका लागि पनि वडाध्यक्ष थापाले पञ्चेबाजाको एक सेट हस्तान्तरण गर्नु भएको थियो । समाजका अनिल परियार सहितको टोलीलाई अध्यक्ष थापाले उक्त सामाग्री हस्तान्तरण गरेका हुन ।
काठमाडौं: नेकपा (एमाले) को ११ औं राष्ट्रिय महाधिवेशनमा उम्मेदवारी दर्ता गराएमध्ये ११ जना केन्द्रीय सदस्य सर्वसम्मत निर्वाचित भएका छन् । पार्टी केन्द्रीय निर्वाचन आयोगका उपाध्यक्ष सानुराज पोखरेलका अनुसार उनीहरु...
काठमाडौं: सरकारले सोमबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले पत्रकार सम्मेलन गर्नुहुँदै मन्त्रिपरिषद् बैठ...
काठमाडौं: नेपाल नागरिक उड्डयन प्राधिकरण अन्तर्गत पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आयोजना कार्यान्वयन ईकाइ प्रमुख बिनेश मुनंकर्मीविरुद्ध दुई करोड ५० लाख ३४ हजार ५१७ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको ...

