गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन

पाेखरा | साउन १०, २०८२

गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको निधन

पोखरा:  गण्डकी प्रदेशका पूर्व प्रमुख पृथ्वीमान गुरुङको ७६ वर्षको उमेरमा निधन भएको छ । क्यान्सर रोगबाट लामो समयदेखि ग्रसित रहनुभएको गुरुङको शनिबार बिहान निधन भएको हो ।


गण्डकी प्रदेशका पूर्व प्रमुख गुरुङको उनको निवास भरतपुरको दिब्यनगरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ । 


तत्कालीन कास्कीको माछापुच्छ्रे गाउँपालिकाको ल्वाङघलेलमा २००६ सालमा जन्मिएका गुरुङलाई २०७८ साउन १२ गते  तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रदेश प्रमुखमा नियुक्ति गरेका थिए । 


गुरुङ नेपाली कांग्रेस विभाजन रहँदा कांग्रेस प्रजातान्त्रिकको सभापति, सुकुम्वासी समस्या आयोग नवल परासीको अध्यक्ष भएका थिए । 


गुरुङ २०१८ सालमा चितवन आन्दोलनका क्रममा शाहदत प्राप्त गरेका हरिप्रसाद गुरुङका भान्जा हुन् । 


गुरुङका छोरा हाल क्यानडा भएका कारण उनी फर्किएपछि अन्तिम संस्कार गरिने बताइएको छ । छोरा आइतबार बिहान नेपाल आइपुग्ने र त्यसपछि दिउँसो  चितवनकै देवघाटमा अन्त्येष्ठि गरिने भएको छ । ।गुरुङका श्रीमती र एक छोरा छन् । 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्