बागमती प्रदेशका सिँचाइ मन्त्रीले दिए राजीनामा
काठमाडाैं | साउन १३, २०८२
हेटौंडा: बागमती प्रदेश सरकारका खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री श्याम बहादुर खड्काले पदबाट राजीनामा दिएका छन् ।
मुख्यमन्त्री कार्यालयमा मंगलबार मुख्यमन्त्री समक्ष राजीनामा बुझाएका हुन् । मुख्यमन्त्रीलाई सम्बोधन गर्दै बुझाइएको पत्रमा “विभिन्न कारणले आफूले जिम्मेवारी निरन्तर बहन गर्न नसक्ने अवस्था रहेको” जनाइएको छ । खड्काले आफूले जिम्मेवारी सम्हाल्दै आएको अवधिमा सधैं निष्ठापूर्वक काम गर्न प्रयास गरेको उल्लेख गरेका छन् ।
पदबाट राजीनामा दिएर सांसद खड्काले ईन्द्रबहादुर बानियाँलाई समर्थन गर्ने निर्णय गरेको बताएका छन् ।
यस अघि बागमती प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसका चार मन्त्रीले पदबाट राजीनामा दिएका थिए। संस्कृति तथा पर्यटनमन्त्री विमल ठकुरी, सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, युवा तथा खेलकुद मन्त्री मीनकृष्ण महर्जन, र आन्तरिक मामिला तथा कानुन मन्त्री सुरजचन्द्र लामिछानेले दिएको राजिनामा मुख्यमन्त्री लामाले स्वीकृत नगरि पदबाट बर्खास्त गरेका थिए ।
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा पर्ने नारच्याङ भएर बग्ने नदीमा १६२ मेगावाट क्षमताका पाँच वटा जलविद्युत् आयोजना निर्माण भएका छन् । थप ६३ दशमलव तीन मेगावाट क्षमताको एउटा आयोजना निर्माणाधीन...
गण्डकी: मध्यपहाडी पुष्पलाल लोकमार्गअन्तर्गत पोखरा–बागलुङ खण्डमा ठाउँपिच्छे परेका खाल्डाखुल्डीका कारण यातायात सञ्चालनमा जोखिम बढेको छ । पर्यटकीय राजधानी पोखरा जोड्ने मुख्य सडक बिग्रँदा यात्रु...
काठमाडौं: सरकारले जेन–जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यलयमा आज बसेको बैठकले जेन(जी आन्दोलनका क्रममा मृत्यु भएका ४५ जनालाई शहीद घोषणा...

