ईश्वर पोखरेल कार्यवाहक अध्यक्ष
काठमाडाैं | साउन १९, २०८२

काठमाडौं: प्रधानमन्त्री एवम् नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई प्रदान गरेका छन् ।
ओली तुर्कमेनिस्तानमा हुने भूपरिवेष्ठित विकासशील राष्ट्रहरू (एलएलडीसी)को तेस्रो संयुक्त राष्ट्रसंघीय सम्मेलनमा भाग लिन गए राति (साउन १८) त्यसतर्फ प्रस्थान गरेपछि पार्टी कार्यवाहक अध्यक्षको जिम्मेवारी वरिष्ठ उपाध्यक्ष पोखरेललाई प्रदान गरेका एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतम जानकारी दिए ।
उनका अनुसार, एमाले विधान, २०४९ (संशोशन २०७८)को धारा २१ को उपधारा (२) बमोजिम वरिष्ठ उपाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी प्रदान गरिएको हो ।
उक्त धारामा अध्यक्षको अनुपस्थितिमा वरिष्ठ उपाध्यक्षले अध्यक्षको काम गर्ने उल्लेख छ । प्रधानमन्त्री ओली यही साउन २३ गते राति स्वदेश फर्कन कार्यक्रम छ ।
काभ्रेपलाञ्चोक: यस वर्षको मनसुन सुरु भएसँगै जोखिमका कारण रातिको समयमा सवारीसाधन सञ्चालनमा रोक लगाइएको बिपी राजमार्गमा आज (असोज १ गते) देखि २४ सै घण्टा गाडी चलाउन खुला गरिएको छ। जिल्ला प्र...
भक्तपुर: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को पूरक परीक्षा असोज ७ र ८ गते सञ्चालन गर्ने भएको छ । यसअघि भदौ २८ र २९ गते सञ्चालन गर्नेगरी तालिका सार्वजनिक गरे पनि देशको वर्तमान अवस्थाका कारण परीक्षा ताल...
धादिङ: पृथ्वी राजमार्गमा पर्ने थाक्रो गाउँपालिका वडा नम्वर २ बाह्र किलो भन्ने स्थानमा दुई ओटा सवारी एक आपसमा ठक्कर खाँदा भएको सावरी दुर्घटनामा परी ६ जना घाइते भएका छन् । भैरहवाबाट काठमाडौं तर्फ आउँदै गरेक...