छाङ्गेली नेवा: खल समाजको रक्तदानमा ६२ युनिट संकलन

पाेखरा | साउन ३१, २०८२

छाङ्गेली नेवा: खल समाजको रक्तदानमा ६२ युनिट संकलन

पोखरा:   छाङ्गेली नेवा: खल समाजले पितृ उद्दार पर्व गाइजात्राको अवसरमा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । शनिबार पोखरा न्युरोड स्थित मल्ल फर्निचर ल्याण्डको प्राङ्गणमा सम्पन्न रक्तदान कार्यक्रममा ६२ युनिट रगत संकलन भएको छ ।


कार्यक्रमका प्रमुख अतिथि तनहुँ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तेजकुमार मल्लले पहिलो रक्तदाता सराङ्गकोट सहकारी तथा रेडियो सराङ्गकोटका अध्यक्ष कृष्ण थापा र सैनिक आवासिय महाविद्यालयका शिक्षिका भवानी जोशी कायस्थलाई ब्लड ब्याग हस्तान्तरण गरि कार्यक्रमको शुरुवात गर्नुभएको थियो । पहिलो रक्तदाता कृष्ण थापा नियमित रक्तदाता हुनुहुन्छ । उहाँले शनिबार आफ्नो जन्मदिनको अवसरमा ८२ पटक रक्तदान गर्नुभएको हो ।


समाजका कार्यबाहक अध्यक्ष विष्णुकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै प्रमुख अतिथी तेजकुमार मल्लले तनहुँको साविक छाङ्ग गाविसबाट विभिन्न पेशा व्यवसायका लागि पोखरा बसाइसराई गरि आएकाहरुको साझा संस्था छाङ्गेली नेवा खलले विभिन्न साँस्कृतिक गतिविधीका साथ सामाजिक कार्य रक्तदान गरेकोमा खुसी प्रकट गनुभयो । उहाँले संसारको जुनसुकै कुनामा पुगे पनि समाजको आवश्यकता रहने कुरामा जोड दिंदै समाज जहिले पनि मानव कल्याणका लागि समर्पित रहनुपर्ने बताउनुभयो ।


रेडियो सराङ्गकोट तथा सराङ्गकोट सहकारीका अध्यक्ष नियमित रक्तदाता कृष्ण थापाले आफुले प्रत्यक ३ महिनामा रक्तदान गर्ने गरेको बताउदै पितृ उद्दारका लागि भन्दै समाजले गरेको रक्तदान कार्यक्रमको प्रशंसा गर्नुभयो । प्रदेश रक्त संचार केन्द्र पोखराका प्रमुख अर्जुन  ज्ञवालीले अस्पतालमा उपचारर्त रगतको आवश्यकता पर्ने मानिसलाई रगतको बदलामा रगतकै आवश्यक पर्ने भएकाले यसको महत्व अन्य दान भन्दा माथी रहेकाले रक्तदान जीवनदान भनिएको प्रष्ट्याउनु भयो ।


कार्यक्रममा पोखरा चेम्बर अफ कमर्शका उपाध्यक्ष श्याम मल्ल, महासचिब गोकर्ण अधिकारी, लायन्स क्लब अफ पोखरा टुरिजम सिटीका अध्यक्ष जसपाल पाख्रिन तामाङ, रेडियो अन्नपुर्णका स्टेशन म्यानेजर सन्जय मल्ल, समाचार प्रमुख आरजु विष्ट, समाजका सचिब जयराम कायस्थ लगायतले बोलेका थिए ।

इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ ।   यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...

थप पढ्नुहोस्

निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् ।   निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...

थप पढ्नुहोस्

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ ।    यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ ।   ...

थप पढ्नुहोस्