पुम्दी-भुम्दी दोस्रो पर्वतीय दौड प्रतियोगिताको तयारी तीव्र
आज बेलुकादेखि खेलाडीहरुले अनलाइन मार्फत नाम दर्ता गर्न सक्ने
पाेखरा | भदौ २, २०८२

पोखरा: पर्यटनको राजधानी पोखराको आर्थिक समृद्धिका लागि खेल पर्यटन प्रवद्र्धनमा पुम्दी–भुम्दी पर्वतीय दौड नारालाई आत्मसात गर्दै विश्व पर्यटन दिवसको सन्दर्भमा आउँदो असोज ४ गते शनिवार आयोजना हुने दोस्रो संस्करणको खुला पर्वतीय दौड प्रतियोगिताको तयारी तिव्र पारिएको छ ।
पोखरा क्लिक प्रा.लि.को आयोजनामा हुने उक्त प्रतियोगिताको तयारी तिव्र पारिएको सोमबार पोखरामा आयोजित पत्रकार सम्मेलनमा जानकारी गराइएको हो ।
विश्वशान्ति स्तुपबाट सुरु भई पुम्दीकोट विशाल महादेवको मूर्ति परिक्रमा गरी पोखरा–२२ वडा कार्यालय हुँदै निगालेडाँडामा अवस्थित कालाबाङ घरेडी बुद्ध पार्कमा समापन हुने आठ कि.मी. पर्वतीय दौडमा खुला, वडास्तरीय, महिला, यू–१६ र पर्यटन तथा ४० बर्ष माथिका भेट्टान तर्फको प्रोत्साहन गरी ६ वटा इभेन्ट समावेश गरिएको प्रतियोगिताका संयोजक दीननाथ बरालले बताए ।
गत संस्करणका तुलनामा पुरस्कार राशि दोब्बर गरिएको र दुई इभेण्टमा थप गर्दै प्रोत्साहन पुरस्कार व्यबस्था गरिएको उनले जनाए । प्रतियोगितामा खुलातर्फ प्रथम हुने धावकले ५० हजार नगद प्राप्त गर्ने छन् । दोस्रो, तेस्रो, चौथो र पाँचौँलाई क्रमशः ३० हजार, १५ हजार, सातहजार, तीनहजार र छैटौँदेखि १० औं स्थानसम्म दुरी पूरा गर्ने धावकलाई जनही एकहजार नगद मेडल र प्रमाणपत्र सहित पुरस्कृत गरिने भएको छ ।
गत वर्ष खुलातर्फको इभेन्टमा प्रथम, द्वितीय र तृतीयलाई नगद पुरस्कार क्रमशः २५ हजार, १५ हजार र सातहजार रुपैयाँ रहेको थियो । यसैगरी, वडास्तरीय, खुल्ला महिला र यू–१६ तर्फका विजेता जनही १५ हजार र उपविजेता जनही सातहजार रुपैयाँसहित मेडल र प्रमाणपत्रद्वारा पुरस्कृत गरिने छ ।
प्रतियोगितामा यस वर्ष ४० वर्ष माथिका भेट्रान र विदेशी धावकलाई प्रोत्साहन पुरस्कारकोसमेत व्यवस्था गरिएको छ । भेट्रान र विदेशी इभेन्टका विजेतालाई जनही १५ हजार रुपैयाँका दरले प्रोत्साहन पुरस्कार प्रदान गरिने छ ।
प्रतियोगितामा सहभागि हुने खेलाडीहरुले अनलाइन फराम भर्नु पर्ने छ, अनलाइन फारम आज (सोमबार) देखि खुल्ला गरिएको प्रतियोगिातका निर्देशक ओम लामाले बताउनु भयो । यही भदौं २५ गतेसम्म मात्र धावकहरुले अनलाइन फारम मार्फत आफ्नो नाम दर्ता गराउन सक्नेछन् । पोखरा क्लिक डटकममा अनलाइन फारम भर्न सकिन्छ ।
पहिलो संस्करणमा बेलायत र ब्राजिलसहित ७१ पुरुष र ३३ महिला धावकले अनलाइन फाराम भरेकामा प्रतिकुल मौसमका कारण ७९ जना सहभागी भएकामा खुलातर्फको उपाधि शसस्त्र प्रहरी बल एपीएफ क्लवका निरोज भट्ट क्षत्रीले उपाधि जितेका थिए ।
उक्त प्रतियोगिता सम्पन्न गर्न करिब १६ लाख ९१ हजार रुपैयाँ खर्च हुने भएको प्रा.लि.का व्यबस्थापक सागर सुनारले बताए । प्रतियोगिताको प्रथम पुरस्कार अन्तर्राष्ट्रिय ख्यातिप्राप्त खेलाडी ल्याफ्टेनेन्ट कुसाङ गुरुङले प्रायोजन गरेका छन् ।
उनी अन्तर्राष्ट्रिय म्याराथन धावक तथा सहारा यूकेका पूर्व अध्यक्ष अवकार प्राप्त ल्याफ्टेनेन्ट कुसाङ गुरुङ मलेसियाको माउन्ट किनाबालु अन्तर्राष्ट्रिय क्लाइमाथन तीन पटक लगातार जित्ने कीर्तिमानधारी धावक हुनुका साथै एभरेष्ट म्याराथनलगायत थुप्रै प्रतिष्ठित दौडमा नेपालको नाम उजागर गर्न सफल प्रतिभा हुन् । यस्तैगरी नेलम्बो नेपालले तेस्रो पुरस्कार समेत प्रायोजन गरेको छ ।
पत्रकार सम्मेलनमा बोल्दै पोखरा २२ का वडा अध्यक्ष हिमलाल बरालले उक्त इभेण्टलाई वडाले आफ्नो चार्डको रुपमा लिएको बताउदै यसको स्तरोन्नती गर्न विस्तारै हाफ्म्याराथनसम्म लैजाने योजना रहेको बताए ।
पुम्दी भुम्दीमा सडक निर्माणसंगै पदमार्गहरु समेत निर्माण भएको तथा ताल पारीको क्षेत्रमा इको टुरिजमको सम्भावनालाई उजागर गर्न राउण्ड फेवा भ्यू फेवा जस्ता परियोजना सुरु भएको समेत बताए ।
पोखरा पर्यटन परिषदका पूर्व अध्यक्ष एवं अग्रज पर्यटन व्यवसायी गणेश बहादुर भट्टराईले उक्त दौडलाई ८ किलोमिटरबाट बढाउदै हाफ म्याराथन हुदै लेकसाइड देखि पन्चासेसम्मको म्याराथन दौड गर्न सुझाव दिए । तालपारि इको टुरिजमको सम्भावना भएकोले गगन चुम्वी भवनहरु नबनाउन उनले आग्रह गरे ।
पोखरा पर्यटन परिषदका प्रथम उपाध्यक्ष हरि बहादुर भुजेलले विश्व पर्यटन दिवसको अवसरमा हुने उक्त प्रतियोगितामा विदेशी धावहरु बढी भन्दा सहभागि गराउन पहल गर्ने बताए ।
पोखरा: सहदेव अधिकारी नेपाल लाइफको उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका छन् । उनी लगातार तेस्रोपटक उत्कृष्ट प्रदेश प्रमुखको अवार्डबाट सम्मानित भएका हुन् । भने, गण्डकी प्रदेश लगातार दुईप...
पोखरा: पोखरा महानगरपालिकाका तत्कालीन न्यायिक समिति सदस्य एवं वडा नम्बर ९ का वडा सदस्यसहित दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सोमबार न्यायिक समिति स...
पोखरा: नातेदारलाई बलात्कार र बालिकालाई यौन दुर्व्यवहार गरी भिडियो बनाएको आरोपमा जिल्ला प्रहरी कार्यालय कास्कीले एक जनालाई पक्राउ गरेको छ । प्रहरीले साउन ३० गते उनलाई बाल यौन दुर्व्यवहार सामग्...