अन्नपूर्ण केवलकारमा पर्यटकलाई ५० प्रतिशतसम्म छुट
पाेखरा | भदौ १०, २०८२

पोखरा: कास्कीको सराङकोटमा स्थापना भएको ५१ फिट अग्लो पन्चमुखि गणेशको पुजा आराधनाको लागि केवलकारबाट आउन जान नेपाली तथा भारतीय पर्यटकहरुलाई साविक भाडा दरमा ५० प्रतिशत छुट कायम गरिएको छ ।
बुधबार गणेश चतुर्थीको अवसरमा पन्चमुखि गणेशको पुजा आराधनाको लागि अन्नपूर्ण केवलकारबाट दर्शनको लागि आउन जान पर्यटकहरुलाई साविकको भाडामा ५० प्रतिशत छुट कायम गरिएको हो । यस्तै केवलकार बिहान ७ बजे देखि सञ्चालनमा ल्याउने भएको छ ।
साविक नेपाली नागरिकको हकमा सात सयको छुटपछि ३५० तथा भारतीय पर्यटकको एक हजारको छुटमा पाँच सय कायम गरिएको कम्पनीले जनाएको छ ।
साथै प्रत्येक हप्ताको सोमबार सराङकोटमा साँझ ६ बजे हुने सन्ध्या आरतिको लागि नेपाली भक्तजनहरुलाई साँझ ४ बजेपछि सात सयको टिकट दरलाई २५० रुपैयाँमा आउन जानको लागि सुविधा उपलव्ध गराइएको कम्पनीले जनाएको छ ।
सन्ध्या आरति नसकिएसम्म केवलकार बन्द रहने छैन । त्यसैगरी प्रत्येक हप्ताको मंगलबार पन्चमुखि गणेशको दर्शन गर्न जाने भक्तजनलाई सात सयको टिकट दरमा २० प्रतिशतका दरले छुट उपलव्ध गराउँदै आएको छ ।
केवलकारको यात्राको अवधि केवल नौ मिनेटमा लेकसाइडको सेदीबगरदेखि सराङकोटसम्म पुग्न सकिनेछ ।
केवलकारले लेकसाइडको क्षेत्रबाट केवलकारमा आउन जानको लागि सबै पर्यटकहरुलाई निःशुल्क यातायातको सुविधा उपलव्ध गराउँदै आएको विज्ञप्तिमा जनाइएको छ ।
काठमाडौं: भाद्र शुक्ल तृतीयाका दिनमा मनाइने हरितालिका (तीज) पर्व आज देवादिदेव महादेवको पूजाआराधना गरी मनाइँदैछ। भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा पारिवारिक सु...
काठमाडौं: हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका लागि मूल मन्दिरका चार ढोका बिहान ३ः०० बजेदेखि खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । तीजका अवसरमा भगवान् श्रीपशुपतिनाथ...
पोखरा: पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत सोमबारदेखि ढिकि जातो प्रतियोगिता सुरु भएको छ । ‘हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्...