तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव जारी

पाेखरा | भदौ ११, २०८२

तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव जारी

 पोखरा:  पोखराको पुरानो टुँडिखेलमा जारी तेस्रो संस्करणको ऐतिहासिक टुँडिखेल तीज महोत्सव २०८२ अन्र्तगत बिहीबार नविना सिलवार ‘खुईली’, रोजिना परियार लगायतका कलाकारले टुँडिखेल घन्काउने भएका छन् ।


“हाम्रो सँस्कृति हाम्रो पहिचान लोपोन्मुख सस्कृति जोगाउने हाम्रो अभियान” भन्ने नाराका साथ नेपाली महिलाहरुको महान पर्व हरितालिका तीजको अवसर पारि पोखरा महानगरपालिका वडा नम्बर १ टुँडिखेलस्थित इन्द्रेणी एकिकृत विकास केन्द्रको आयोजना र विद्युतीय सवारी निर्माता कम्पनीले बीवाईडीकोे मुख्य प्रायोजनमा जारी महोत्सवमा बिहीबार नविना र रोजिना सगै तारापति सुवेदी, रामजी पौडेल, नवराज अधिकारी, तुलसा जिसी, पार्वती गुरुङ, गगन गुरुङ लगायतका कालाकारले आफनो प्रस्तुती राख्ने भएका छन् ।


महोत्सवमा बुधबार प्रजापति पराजुली, जीवन दाहाल, प्रेमराज अधिकारी, नविन पौडेल, तारापति सुवेदी, सरला पाण्डे, शिवहरी ढुङ्गाना, लक्ष्मी नेपाली, टेक क्षत्री, इन्द्रा गुरुङ, अम्विका भण्डारी, सुदिप क्षेत्री लगायतका कलाकाहरुले आ आफनो प्रस्तुती राखेका थिए ।


महोत्सव अन्र्तगत बुधबार एकल नृत्य प्रतियोगिता, छेलोहान्ने प्रतियोगिता, ढिकी जातो प्रतियोगिता र तिज गित प्रतियोगिता समेत सम्पन्न भएका आयोजक केन्द्रका अध्यक्ष भानुभक्त अधिकारीले जानकारी दिए । 


 

पोखरा:  गण्डकी प्रदेशका प्रमुख डिल्लीराज भट्टले प्रदेश सभाबाट पारित भइआएका दुई वटा विधेयकलाई आज प्रमाणीकरण गरेका छन् । गण्डकी प्रदेशमा खानी तथा खनिज पदार्थको अन्वेषण र व्यवस्थापन गर्न बनेको विधेयक&rsquo...

थप पढ्नुहोस्

गण्डकी:    पोखरा महानगर–१८ स्थित ठोट्ने खोला सामुदायिक वन उपभोक्ता समूह सराङकोटले जैविक मल उत्पादन सुरु गरेको छ ।  सो समूहले वन क्षेत्रमा थुप्रिएको पातपतिङ्गर र झाडी संकलन गरी जैवि...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाल प्रहरीले काठमाडौँको तारकेश्वर नगरपालिकास्थित नेपालटारबाट सुन र नगदसहित विभिन्न सामान लुटपाट गरेको आरोपमा चार जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौँबाट खटिएको प्रहरी...

थप पढ्नुहोस्