न्यूरोड सडक सौंन्दर्यकरणमा गुरुङ गहना घरको साथ, ५ सय फूलका बिरुवा रोपिए
पाेखरा | भदौ १६, २०८२
पोखरा: पोखराको न्यूरोडस्थित गुरुङ गहना घरले सडक सौंन्दर्यकरणमा पोखरा महानगरलाई साथ दिएको छ ।
गहना घरले न्यूरोड सडकबीचमा ५ सय सयपत्री फूलका बिरुवा रोपेको छ । महानगरपालिकाले आफ्नो घर, पसल क्षेत्रमा सकेसम्म आफैले फूल र रुख रोप्न आव्हान गरेपछि त्यसलाई साथ दिएको गहना घरले जनाएको छ ।
गहना घरका प्रबन्ध निर्देशक सीमा गुरुङले नागरिक र व्यवसायीको दायित्वअनुरुप फुलका बिरुवा रोपेको बताउँदै सौन्दर्यकरणमा आगमी दिनमा पनि सहयोग गर्ने जानकारी दिइन् ।
उक्त क्षेत्रमा रोपिएका पूmललगायतका बिरुवा हुर्काउन र संरक्षण गर्नसमेत योगदान दिने गुरुङको भनाई छ ।
यसैबीच, महानगरका नगर प्रमुख धनराज आचार्यले आफ्नो घर तथा पसल अगाडि लगाइएका बिरुवाहरूको नियमित गोडमेल तथा संरक्षणका लागि नगरवासीहरूलाई आग्रह गरेका छन्।
उनले महानगरपालिका क्षेत्रमा लामो अध्ययनपश्चात् वन विज्ञान अध्ययन संस्थानको सुझावअनुसार ७ सय किलोमिटर सडक तथा राजमार्ग, झन्डै ६७ किलोमिटर नदी तथा खोला किनार, २९ सार्वजनिक स्थलको १२५ हेक्टर खुला क्षेत्रमा ३८ प्रजातिका २ लाख २६ हजार बिरुवाहरू लगाइने जानकारी दिए।
पोखरा: पोखरा महेन्द्रपुलमा रहेको निट डेन्टल केयर प्रालिले ‘निट डेण्टल पत्रकारिता पुरस्कार’ स्थापना गरेको छ । डेण्टलको तेस्रो वार्षिकोत्सवका अवसरमा आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्...
पोखरा: आइटिएफ जे३० वल्र्ड टेनिस टुर पोखराको ब्वाइज सिंगल्स (राउन्ड अफ ३२) का दोस्रो दिन मंगलबार सिंगल्स र डबल्सतर्फ रोमाञ्चपूर्ण खेलहरू सम्पन्न भएका छन् । भारतीय, नेपाली, चिनियाँ, कोरियाली, हङकङ र बंगलादेशी खेला...
म्याग्दी: म्याग्दीको बेनी–दरवाङ सडकअन्तर्गत बेनी नगरपालिका–४ र मङ्गला गाउँपालिका–२ को सिमानामा पर्ने फापरखेतको पहिरोबाट ट्रकसहित म्याग्दी नदीमा खसेका चालकको सुरक्षाकर्मीले उद्धार गरेका छन्...

