पोखरा १: स्वयंसेवीका र शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य समाग्री वितरण

कास्की | साउन २६, २०७९

पोखरा १:  स्वयंसेवीका र शहरी स्वास्थ्य केन्द्रलाई स्वास्थ्य समाग्री वितरण

कास्की:    पोखरा महानगरपालिका १ भित्र रहेका स्वास्थ्य स्वयंसेवीकाहरु र शहरी स्वास्थ्य केन्द्र १ बगरलाई वडा कार्यालयले रक्तचाप (बिपी) जाँच गर्ने मेसिन र डिजिटल थर्माेमिटर वितरण गरेको छ ।

 

पोखरा १ भित्र रहेका १४ जना स्वयंसेवीका र शहरी स्वास्थ्य केन्द्र १ बगरलाई ४ गरि कुल १९ वटा बिपी सेट र थर्माेमिटर वितरण गरेको हो । 

 

वडाध्यक्ष साहरा प्रधानले शहरी स्वास्थ्य केन्द्र बगरकी इन्चार्ज कमला गौतम तथा स्वयंसेवीकाहरुलाई सो समाग्री हस्तान्तरण गरेका थिए । 

सो अवसरमा बोल्दै वडाध्यक्ष प्रधानले स्वास्थ्य स्वयंसेवीकाहरुलाई सहजता प्रदान गर्ने उदेश्यसहित वितरण गरिएको बताए । उनले स्वास्थ्य क्षेत्र संवेदनशील क्षेत्र भएको बताउदै वडाको चौतर्फी विकासमा टेवा पुग्ने धारणा राखेका थिए ।

 

यसैगरि वडा सदस्य शोभा गुरुङले यसअघि सामाजिक क्रियाकलापमा सक्रिय रहदैं आएको वडा नम्बर १ का क्लबहरुलाई खेलकुखका समाग्री प्रदान गरिसकेको बताए ।

‘हामीले आफ्नो वडालाई नमुना वडा बनाउँन भनेर लागिरहेका छौं, उनले भनिन्, ‘खेलकुद क्षेत्रमा क्रियाशिल क्लबहरुलाई समाग्री सहयोग गरिसकोका छौं । अहिले स्वास्थ्य स्वयंसेवीकाहरुलाई आवश्यक पर्ने समाग्री हस्तान्तरण गरेका छौं । यो यथेष्ट नभएपनि उहाँहरुलाई केही थप सघाउ पुग्छ भन्ने विश्वास लिएका छौं ।’

 

उनले गत महिना लागुओषध नियन्त्रण व्यूरोको सहयोगमा युवालक्षित सचेतनामुलक कार्यक्रम सम्पन्न गरिसकेको बताइन् ।   उनका अनुसार आगामी दिनमा युवाहरुलाई लक्षितगरि विभिन्न रचनात्मक र सचेतनामुलक कार्यक्रम आयोजना गर्ने वडा कार्यालयले लक्ष्य लिएको छ । 
 

संघीय संसद्का दुवै सदनको बैठक आज बस्दैछ।   सोमबार अपराह्न १ बजे सिंहदरबारमा बस्ने प्रतिनिधिसभाको बैठकमा सभामुख डोलप्रसाद अर्यालले राष्ट्रपतिको कार्यालयबाट प्राप्त विधेयक प्रमाणीकरणसम्बन्धी पत्रको व्...

थप पढ्नुहोस्

पोखरा — ​कास्कीको अन्नपूर्ण गाउँपालिका–३ धारापानीबाट प्रहरीले लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।   पक्राउ पर्नेमा अन्नपूर्ण गाउँपालिका–३ धारापानी बस्ने २७ वर्षीय सन्देश परिया...

थप पढ्नुहोस्

सरकारले साउन १ गतेदेखि लागू गरेको विद्युतीय ड्राइभिङ लाइसेन्स तथा सवारी दर्ता प्रणाली (ईडीएलभीआरएस) मार्फत सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको काम सुरु भएको छ।   पूर्वाधार विकास मन्त्रालयअन्तर्गत...

थप पढ्नुहोस्