यू-१४ फुटबल: शिशुकल्याण र त्रिभुवनलाई उपाधि
रश्मि र सुमन बने सर्वोत्कृष्ट
पाेखरा | भदौ २१, २०८२
पोखरा: जिल्लास्तरीय एन्फा यू १४ छात्रछात्रा अन्तर विद्यालय फुटबल प्रतियोगिताको उपाधि शिशु कल्याण विद्यालय र त्रिभुवन शान्ति माविले जितेका छन् ।
कास्की जिल्ला फुटबल संघको आयोजनामा पोखरा रंगशालामा शुक्रबार फाइनलमा छात्रतर्फ शिशुकल्याणले गण्डकी बोर्डिङलाई ३–० गोेलले पराजित गरेको हो ।
पहिलो हाफ गोलरहित बराबरी भएकोमा दोस्रो हाफको अन्तिम १० मिनेट सम्हालिन नसक्दा उपाधि दाबेदार गण्डकी उपविजेतामा सीमित हुन पुग्यो । शिशु कल्याणका लागि सुमन घर्तिमगरले पहिलो गोल गरे । कप्तान शक्ति बोहोरा र विक्रम गुरुङले एक एक गोल गरे । उपाधिसंगै शिशु कल्याणले नगद ५० हजार रुपैयाँ प्राप्त गर्दा उपविजेता गण्डकीले २५ हजार रुपैयाँ पायो ।
यसैगरी, छात्रातर्फ पोखराको खुँदीस्थित त्रिभुवन शान्ति माविले फूलबारीको सैनिक आवासीय माविलाई सडन डेथमा हराउँदै उपाधि जितेको हो ।
निर्धारित ६० मिनेटको खेलमा दुबै टिमले गोल गर्न नसक्दा खेल सिधैँ टाइब्रेकरमा पुगेको म्याच कमिस्नर गोपाल थापाले जानकारी दिए । ५÷५ प्रहारमा बराबरी २ गोल भएपछि खेल सडन डेथमा पुगेको हो ।
दुबैतर्फबाट दुबै प्रहार गोलमा परिणत हुन नसकेपछि सातौं तथा अन्तिम प्रहार प्रतिमा पोखरेलले गरेकी हुन् । बलले जाली चुम्दा जुन निर्णायक बन्यो । उपाधिसंगै त्रिभुवन शान्तिले २० हजार र उपविजेता सैनिकले १० हजार रुपैयाँ प्राप्त ग¥यो ।
प्रतियोगितामा सैनिक आवासिय महाविद्यालयकी रश्मि रिजाल र शिशु कल्याणका सुमन घर्ती मगर प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए । छात्रातर्फ रिजाल सर्वोत्कृष्ट हुँदा सैनिककै सन्सुभा थापा मगर उच्च गोलकर्ता बनिन् । उनले प्रतियोगिताभर ९ गोल गरिन् । त्रिभुवन शान्ति माविकी सोनम सुवेदी उत्कृष्ट गोलरक्षक, त्रिभुवनकै भिमकुमारी पुन उत्कृष्ट मिडफिल्डर, त्रिभुवनकै प्रतिमा पोखरेल उत्कृष्ट डिफेन्डर घोषित हुँदा त्रिभुवनकै रोमन थापा मगर उत्कृष्ट प्रशिक्षक घोषित भए ।
छात्रतर्फ गण्डकी बोर्डिङका वियोन गुरुङ उत्कृष्ट गोलरक्षक, गण्डकीकै सौरभ फडेरा उत्कृष्ट डिफेन्डर घोषित हुँदा शिशु कल्याणका दिपेश काफ्नो उत्कष्ट मिडफिल्डर, सुरेश गाहा उत्कृष्ट फरवार्ड, शक्ति बोहोरा उच्च गोलकर्ता ( कुल १२ गोल) र सुनिल रानामगर उत्कृष्ट प्रशिक्षक घोषित भए ।
उत्कृष्ट सबैलाई आकर्षक पुरस्कार प्रदान गरियो । गत १२ भदौदेखि सुरू भएको प्रतियोगितामा छात्रतर्फ २४ र छात्रातर्फ ६ टिमले भाग लिएका थिए ।
प्रतियोगितालाई बंगलादेशीय फुड उत्पादक कम्पनी प्रान, सहारा क्लब पोखरा, एबीज इन्जिनियरिङ लगायत अन्य संघसंस्थाले सहयोग गरेको थियो । पोखरा महानगरपालिका प्रवद्र्धक, प्रदेश खेलकुद परिषद गण्डकीले विशेष सहयोगी भूमिकामा रहेको थियो ।
काठमाडौं: तिहारको तेस्रो दिन आज घरघरमा कुकुरलाई पूजा गरी मीठा खानेकुरा दिइ कुकुर तिहार मनाइँदैछ। कुकुर तिहार यमपञ्चक अर्थात् दीपावली पर्वको दोस्रो दिन पर्ने भएपनि यस वर्ष तिथिको घटबढका कारण तेस्र...
–शिवहरि सुवेदी केन्द्रीय सदस्य, राष्ट्रिय युवा संघ नेपाल ईन्चार्ज , राष्ट्रिय युवा संघ जिल्ला कमिटी, कास्की नेपाल आज पुन: एक निर्णायक युगमा छ । जहाँ पुरानो राजनीतिक ढाँचा, भू–राजनी...
काठमाडौं: आगामी अक्टोबर २६ देखि नोभेम्बर ५ सम्म युएईमा हुने आईसीसी पुरुष क्रिकेट विश्वकप लिग २ का लागि नेपालले आफ्नो अन्तिम टोली घोषणा गरेको छ। कप्तान रोहित पौडेलको नेतृत्वमा १५ सदस्यीय टोली तयार पारिए...

