एमाले विधान महाधिवेशन: प्रतिवेदनमाथि समूहगत छलफल जारी
काठमाडाैं | भदौ २१, २०८२
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले)को ललितपुर, गोदावरीस्थित सनराइज हलमा जारी दोस्रो विधान महाविधेशनमा प्रतिवेदनमाथिको छलफल जारी छ ।
प्रतिनिधिलाई प्रदेश, उपत्यका र केन्द्रीय संरचनालाई आधार बनाएर १० वटा समूहमा विभाजन गरी छलफल सुरु गरिएको एमाले प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए । उनका अनुसार कोशी प्रदेशले समूहगत छलफल सकाएर प्रतिवेदन लेखन थालनी गरिसकेको छ ।
प्रतिवेदनमाथि मधेस, वाग्मती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आधारित प्रतिनिधिहरूले छुट्टाछुट्टै समूहगत छलफल गरिरहेका छन् ।
त्यसैगरी उपत्यका विशेष प्रदेश, विभिन्न जनसङ्गठन, सम्पर्क समन्वय समिति र प्रवास, केन्द्रीय निकायका प्रतिनिधि तथा केन्द्रीय कार्यालय र विभागीय संरचना, केन्द्रीय निकाय आयोजकले पनि छलफल गरिरहेको उनले जानकारी दिए।
प्रचार विभाग प्रमुख गौतमले आज छलफल सकेर भोलि प्रतिवेदन समूहगत नेताले प्रस्तुत गर्ने बताए। उनले समूहगत रूपमा आएका प्रतिवेदनमाथि आएका सुझावलाई प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले जवाफ दिने र कुनै विषयमा सहमति हुन नसकेमा मतदानबाट टुङ्गो लगाई एकीकृत रूपमा पार्टी विधान तयार पारिने जानकारी दिए । उनले समसामयिक प्रस्ताव पारित गरेर भोलि महाधिवेशन सम्पन्न हुने बताए।
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले आसन्न ११ औं राष्ट्रिय महाधिवेशनमा सहभागी हुन आउने प्रतिनिधिलाई बसोबासको व्यवस्था गरेको छ । सम्पर्क समन्वय कमिटीले बस्न र खाना समस्या हुने प्रतिनिधिलाई नेता तथा क...
काठमाडौं: नागढुंगा–नौबिसे–मलेखु सडकखण्ड यही मंसिर २४ गतेदेखि आंशिक बन्द हुने भएको छ । उक्त सडक खण्डमा कालोपत्र गरी स्तरोन्नतिको काम गर्नुपर्ने भएकाले आंशिक रूपमा सडक बन्द गर्न लागिएको हो । ...
काठमाडौं: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तराष्ट्रिय विमानस्थल निर्माणमा घोटाला गरेको आरोपमा पाँच जना पूर्वमन्त्री सहित ५५ जना विरुद्ध भष्ट्राचारको मुद्दा दायर गरेको छ । आयोगले आज विशेष अ...

