लागुऔषधसहित म्याग्दीका दिपक पुन पक्राउ
कास्की | साउन २६, २०७९
कास्की: जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित म्याग्दी घर भई हाल पोखरा ३ नदीपुर बस्ने दिपक पुनलाई पक्राउ गरेको छ ।
बुधबार बेलुकी करिब ८ बजे पोखरा–२ बाग्लुङ बसपार्क नजिकै चिसाखोला जाने सडक खण्डबाट चेकजाँचको क्रममा २८ वर्षिय पुनलाई प्रक्राउ गरेको हो ।
कास्की प्रहरीका अनुसार संकास्पद अवस्थामा रहेका पुनलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध नुर्फिन–२५ एम्पुल, डाईजापाम–२५ एम्पुल र फेनरागन–२६ एम्पुल गरि कुल ७६ एम्पुल लागुऔषध तथा सामसुङ मोबाइल १, आइफोन १, ओप्पो फोन १ र नगद रु. ८ हजार बरामद गरेको थियो ।
कास्की प्रहरीको नियन्त्रणमा रहेका पुनलाई लागुऔषध कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।
काठमाडौं: सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...
काठमाडौं: आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...
मुस्ताङ: यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

