लागुऔषधसहित म्याग्दीका दिपक पुन पक्राउ

कास्की | साउन २६, २०७९

लागुऔषधसहित म्याग्दीका दिपक पुन पक्राउ

कास्की:  जिल्ला प्रहरी कार्यालय कास्कीले लागुऔषधसहित म्याग्दी घर भई हाल पोखरा ३ नदीपुर बस्ने दिपक पुनलाई पक्राउ गरेको छ ।

 

बुधबार बेलुकी करिब ८ बजे पोखरा–२ बाग्लुङ बसपार्क नजिकै चिसाखोला जाने सडक खण्डबाट चेकजाँचको क्रममा २८ वर्षिय पुनलाई प्रक्राउ गरेको हो ।

 

कास्की प्रहरीका अनुसार संकास्पद अवस्थामा रहेका पुनलाई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध नुर्फिन–२५ एम्पुल, डाईजापाम–२५ एम्पुल र फेनरागन–२६ एम्पुल गरि कुल ७६ एम्पुल लागुऔषध तथा  सामसुङ मोबाइल १, आइफोन १, ओप्पो फोन १ र नगद रु. ८ हजार बरामद गरेको थियो ।

 

कास्की प्रहरीको नियन्त्रणमा रहेका पुनलाई लागुऔषध कसुरमा म्याद थप गरि आवश्यक अनुसन्धान अघि बढाइएको कास्की प्रहरीले जनाएको छ ।

काठमाडौं:   सरकारले गत भदौ २३ र २४ गतेको जेनजी आन्दोलनसँग सम्बन्धित जाँचबुझ आयोगको म्याद एक महिना थप गर्ने निर्णय गरेको छ ।  प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालय सिंहदरबारमा बिहीबार बसेको मन्त्...

थप पढ्नुहोस्

काठमाडौं:  आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचन, २०८२ लाई स्वतन्त्र, निष्पक्ष, भयरहित र विश्वसनीय वातावरणमा सम्पन्न गराउन प्रहरीले ‘एकीकृत सुरक्षा योजना, २०८२’ निर्माण गरी सुरक्षा व्यवस्था चुस्त बनाउन थ...

थप पढ्नुहोस्

मुस्ताङ:  यहाँका वारागुङ मुक्तिक्षेत्र–३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ ।  नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण...

थप पढ्नुहोस्