त्रिभुवन विमानस्थल खुल्यो

काठमाडाैं | भदौ २५, २०८२

त्रिभुवन विमानस्थल खुल्यो

काठमाडौं:   त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुचारु भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको प्रवक्ता रिन्जी शर्पाका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बसेको सुरक्षा समितिको बैठकले विमानस्थल पुनः सुचारु गर्ने निर्णय गरेको जानकारी दिए । 


यसअघि उपत्यकामा जारी निषेधाज्ञा, कर्फ्यू आदेश एवम् विषम परिस्थितिका कारण विमानस्थलको सुरक्षामा गम्भीर असर पर्न सक्ने भन्दै अर्को सूचना जारी नभएसम्मका लागि विमानस्थल बन्द गरिएको थियो ।


उनका अनुसार विमानस्थल आवागमन गर्ने यात्रुले वायुसेवा कम्पनीसँग सम्पर्क गरी उडान समयबारे जानकारी लिन अनुरोध गरिएको छ ।

 

पोखरा:   बागलुङको ताराखोला गाउँपालिकाले मुख्य सडकको रुपमा सहिद मार्गलाई राखेको छ । सहिद मार्ग निर्माणको गति बढ्न नसक्दा बारम्बार प्रश्न उठ्दै आएको छ ।  सहिद मार्ग निर्माणमा तीन तहका सरकारले बेवा...

थप पढ्नुहोस्

काठमाडौं:   नेकपा (एमाले)को ११औँ महाधिवेशनअन्तर्गतको निर्वाचन प्रक्रिया बुधबार (भोलि) बिहान ८ बजेसम्मका लागि स्थगित भएको छ ।  नेतृत्व चयनका लागि आज साँझ ७ बजेदेखि मतदान हुने निर्वाचन कार्यतालि...

थप पढ्नुहोस्

पोखरा:   १४  औं संस्करणको पोखरा महोत्सवको सह प्रायोजकमा रहेर सिटिजन फर्निचरले साथ दिने भएको छ ।  युनाईटेड क्लब पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह ख...

थप पढ्नुहोस्