दुबईमा अलपत्र परेका रानाभाटको वडाध्यक्ष थापाले गरे उद्धार

पाेखरा | भदौ ३१, २०८२

दुबईमा अलपत्र परेका रानाभाटको वडाध्यक्ष थापाले गरे उद्धार

पोखरा:   पोखरा महानगरपालिका वडा नम्बर २६ का अध्यक्ष नरेन्द्र थापाले संयुक्त अरब इमिरेट्स (युएई) मा अलपत्र परेका एक वडावासी युवाको उद्धार गरेका छन्। 


वैदेशिक रोजगारीका लागि २ वर्षअघि दुबई पुगेका अमृत रानाभाट भिसाको म्याद थपिएपछि अलपत्र परेका थिए। भिसाको म्याद सकिएपछि उनी काम गर्ने कम्पनीले तलब नदिएर कामबाट निकालिदिएको थियो।


आफ्नो वडाको युवा अलपत्र परेको र घर फर्कने पैसासमेत नभएको जानकारी पाएपछि त्यहाँ पुगेका अध्यक्ष थापाले रानाभाटको खोजी थालेका थिए। रानाभाटलाई भेटेपछि अध्यक्ष थापाले नेपाल फर्काउन कानूनी र खर्चको व्यवस्था गरेका थिए।

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आय...

थप पढ्नुहोस्

पोखरा:   आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...

थप पढ्नुहोस्