१८ जना प्रहरी कार्यालय आएनन्, ७ दिनभित्र सम्पर्कमा आउन निर्देशन (नामसहित)
काठमाडाैं | असोज २१, २०८२
नेपाल प्रहरीका १८ जना प्रहरी कर्मचारी असारयता आफूखुशी गैरहाजिर रहेका छन्।
प्रहरी प्रधान कार्यालयले मंगलबार सूचना जारी गर्दै आफूखुशी गैरहाजिर रहेका प्रहरी कर्मचारीलाई सात दिनभित्र सम्पर्कमा आउन निर्देशन दिएको छ।
आफूखुशी गैरहाजिर हुने प्रहरी कर्मचारीहरूमा २ जना प्रहरी सहायक हवलदार, १५ जना प्रहरी जवान र एक जना प्रहरी कार्यालय सहयोगी रहेका छन्।
मधेस प्रदेश प्रहरी गण जनकपुरधाममा कार्यरत प्रहरी सहायक हवलदार निजामुद्दिन पठान साउन १ गतेदेखि गैरहाजिर छन्।
अर्का सहायक हवलदार देवराम लावड साउन ११ गतेदेखि गैरहाजिर छन्। उनी इलाका प्रहरी कार्यालय चिसापानी कैलालीमा कार्यरत थिए।
इलाका प्रहरी कार्यालय यदुकुवा, धनुषामा कार्यरत प्रहरी जवान रोहल्ला राय भाट असार २ गतेदेखि सम्पर्कविहीन छन्।
अरू प्रहरी जवानहरू साउनको विभिन्न मितियता गैरहाजिर छन्।
प्रहरी प्रधान कार्यालयले उनीहरुको खोजतलास गर्दा र प्रक्रियाअनुसार सूचना टाँस गराउँदा पनि सम्पर्कमा नआएको जनाएको छ।
उनीहरूलाई गैरहाजिर हुनुको कारण खुल्नेगरी स्पष्टिकरण जबाफसहित बाटोको म्यादबाहेक सात दिन भित्र सम्पर्कमा आउन निर्देशन दिइएको छ।
अन्यथा प्रहरी नियमावालीअनुसार सेवाबाट हटाउने चेतावनी कार्यालयले दिएको छ।

काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

