विश्वकप छनोट: आज कतारसँग भिड्दै नेपाल

काठमाडाैं | असोज २७, २०८२

विश्वकप छनोट: आज कतारसँग भिड्दै नेपाल

काठमाडौं:   आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा आज नेपालले कतारसँग प्रतिस्पर्धा गर्दैछ।


समूह ‘बी’को समूह विजेता नेपालले समूह ‘ए’को विजेता यूएईलाई एक रनले हराउँदै चार अंक जोडिसकेको छ। अंकबिहीन कतारविरुद्ध जित निकाल्दै विश्वकप यात्रा निश्चित गर्ने लक्ष्य नेपालको छ। नेपाल र कतारको खेल सोमबार राति ८ः४५ बजे ओमानमा सुरु हुनेछ।


सुपर सिक्समा यूएईलाई हराइसकेको नेपालले कतारसँगै ओमान र सामाओसँग प्रतिस्पर्धा गर्दैछ।


सोमबार कतारसँग भिड्ने नेपालले बुधबार ओमानसँग प्रतिस्पर्धा गर्नेछ। सुपर सिक्सको अन्तिम खेलमा नेपालले सामाओसँग शुक्रबार अर्थात् असोज ३१ गते प्रतिस्पर्धा गर्नेछ।


सुपर सिक्समा सहभागी नेपाल, यूएई, ओमान, जापान, कतार र सामाओमध्ये शीर्ष स्थानमा रहने तीन टिमले भारत र श्रीलंकामा हुने २०२६ को विश्वकप खेल्नेछन्।


सुपर सिक्सको तालिकामा ओमान र नेपालको समान चारचार अंक छ। रनरेटको आधारमा ओमान शीर्ष स्थानमा छ भने नेपाल दोस्रो स्थानमा छ। दुई अंक जोडेका यूएई र जापान क्रमशः तेस्रो र चौथो स्थानमा छन्। कतार र सामाओ भने अंकबिहीन छन्।

पोखरा:  राष्ट्रिय हेमजा आलु महोत्सवको चौथों दिन सोमबारसम्म त्यहाँ १३ लाख बढीको आलु कारोबार भएको छ ।   महोत्सव मध्येतिर आउँदा त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ । शनिबार र आइतबार सार्वजनिक ...

थप पढ्नुहोस्

 पोखरा अन्तर्राष्ट्रिय विमानस्थल आउजाउ गर्न असुविधा भएपछि पोखरा महानगरले यो क्षेत्रमा नि:शुल्क विद्युतीय बस चलाउने भएको छ ।   पृथ्वी राजमार्गबाट करिब दुई किलोमिटरभित्र रहेको विमानस्थलबाट बाहिरिने...

थप पढ्नुहोस्

राष्ट्रिय हेमजा आलु महोत्सवको तेस्रो दिन आइतबारसम्मका रु.५० लाख बढीको कारोवार भएको छ ।         महोत्सव मध्येतिर आउदाँ त्यहाँ दर्शक सहभागिता पनि बढ्दै गएको छ।शनिबार र आइतबार सार्वजनिक...

थप पढ्नुहोस्