कतारमाथि नेपालको रोमाञ्चक जित
काठमाडाैं | असोज २८, २०८२
काठमाडौं: सनसनीपूर्ण खेलमा लेग स्पिनर सन्दीप लामिछाने एक्लै पाँच विकेट र कप्तान रोहितकुमार पौडेलले अर्धसतकीय इनिङ्स खेलेपछि नेपालले कतारमाथि पाँच रनको रोमाञ्चक जित निकालेको छ ।
ओमानको अल अमिरतस्थित ओमान क्रिकेट एकेडेमी मैदानमा सोमबार राति भएको आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटअन्तर्गत सुपर सिक्सको दोस्रो खेलमा हारको नजिक पुगेको नेपालले अन्तिम ओभरमा नतिजा उल्टाएको हो ।
जितका लागि एक सय ४८ रनको लक्ष्य पछ्याएको कतार १९.५ ओभरमा सवै विकेट गुमाएर एक सय ४२ रनमा समेटिएको थियो ।
कतारका लागि ओपनर इमाल लियानागेले ३५ बलमा ५५ रन बनाउनुभयो । यस्तै जुबेर अलीले ५२ रन बनाउँदा अन्य ब्याट्सम्याच चल्न सकेनन् ।
कतारको ब्याटिङ कमजोर बनाउन बलिङमा नेपालका सन्दीप लामिछानेले उत्कृष्ट प्रदर्शन गरे । उनले ३.५ ओभरमा १८ रन खर्चिएर पाँच विकेट लिए ।
यससँगै सन्दीपको अन्तर्राष्ट्रिय विकेट सङ्ख्या दुई सय ५४ पुगेको छ। सन्दीप प्लेयर अफ द म्याच बने । यस्तै नन्दन यादवले दुई तथा दीपेन्द्रसिंह ऐरीले एक विकेट लिए ।
यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा नौ विकेटको क्षतिमा एक सय ४७ रन बनाएको थियो ।
नेपालका लागि कप्तान रोहितले ४१ बलमा ५८ रन बनाए । उपकप्तान दीपेन्द्रसिंह ऐरीले २१ बलमा २६ र गुल्शन झाले आठ बलमा १६ रन बनाए । अन्य खेलाडीको ब्याटिङ सन्तोषजनक रहेन ।
बलिङमा कतारका कप्तान मिर्जा बेग र डानियल लुइसले तीन तीन विकेट लिए । मुहम्मद असिमले एक विकेट लिए ।
नेपालले सुपर सिक्सको पहिलो खेलमा आइतबार युएईलाई एक रनले हराएको थियो । जितसँगै सुपर सिक्समा ६ अङ्क बनाएको नेपाल विश्वकप छनोट नजिक पुगेको छ ।
ओमानको पनि समान ६ अङ्क छ । नेपालले बुधबार सुपर सिक्सको शीर्ष टोली ओमानसँग खेल्नेछ । ओमानलाई हराएमा नेपालले विश्वकपमा सथान बनाउनेछ ।
त्यसपछि नेपालले अन्तिम तथा चौथो खेल शुक्रबार सामोआसँग खेल्नेछ । सुपर सिक्सका शीर्ष तीन टोलीले आगामी वर्ष भारत र श्रीलङ्काले संयुक्त रूपमा आयोजना गर्ने आइसिसी टी–२० विश्वकपमा स्थान बनाउनेछन् ।
कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्। शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...
पोखरा। कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् । एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...
चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो । गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

