पूर्णबहादुर खड्कालाई कांग्रेसको कार्यवाहक सभापति
काठमाडाैं | असोज २८, २०८२
तस्बिर फाइल
काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले उपसभापति पूर्णबहादुर खड्कालाई मंगलबारदेखि नै लागू हुने गरी कार्यवाहक सभापतिको जिम्मेवारी दिएका छन् ।
देउवाले केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय कार्यसमिति बैठकलाई सम्बोधन गर्दै उपसभापति खड्कालाई कार्यवाहक सभापतिको जिम्मेवारी दिएको बताएका हुन् ।
उनले खड्कालाई कार्यवाहक सभापति बनाएर आफू थप उपचारका लागि सिंगापुर जान लागेका छन् ।
जेन(जी आन्दोलनका क्रममा कुटपिट हुँदा टाउकोको पछाडि १२ टाँका लगाएर उपचार गरिएका देउवाले पहिलो पटक सार्वजनिक हुँदा आफूले गरेका कामको फेहरिस्त सुनाए ।
उनी उक्त सम्बोधनमार्फत् नै देउवालाई कार्यवाहक सभापति बनाएर आफू सिंगापुर गएर उपचारमा लाग्ने खबर गरिसकेको एकजना केन्द्रीय सदस्यले बताएका छन् ।
उनले कांग्रेसका नेताहरूलाई सम्बोधन गर्दै सुशील कार्की नेतृत्वको अन्तरिम सरकारले दलहरूसँग सहकार्य गर्न नचाहेको देखिएको बताएका छन् ।
‘देशमा अब द्वन्द्व हुनु आवश्यक छैन । देशमा विकसित नयाँ परिस्थिति अनुसार पार्टीलाई एकतावद्ध बनाउनुपर्छ’, उनले भने, ‘पार्टीको आन्तरिक जीवन सुदृढ गरेर १५ औँ महाधिवेशन गर्ने प्रस्ताव भएको छ । हामीले अहिलेको अवस्थामा अन्य राजनीतिक दलसँग सहकार्य गर्न आवश्यक छ ।’
देउवाले असंवैधानिक रुपमा संसद् विघटन गरिएको पनि बताए ।
‘अहिले नै स्वतन्त्र र निष्पक्ष रुपमा निर्वाचन हुने ग्यारेन्टी छैन । निर्वाचनका लागि शान्ति सुरक्षाको अवस्था राम्रो हुनुपर्छ । शान्ति सुरक्षा र भयरहित अवस्था बनाउने काम सरकारले गर्नुपर्छ’, उनले भने, ‘बहुदलीय लोकतान्त्रिक व्यवस्थामा सरकारले दलहरूसँग संवाद गर्नु जरूरी छ । तर त्यसो गरेको देखिएको छैन ।’
पोखरा । कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदानमा तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) सुरु भएको छ । डिफेन्डिङ च्याम्पियन लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच...
पोखरा — स्वर्गीय दीपक गुरुङको स्मृतिमा पोखरा रंगशाला परिसरमा वृक्षारोपण गरिएको छ । कोने घोथाने घोण्डे तमु समाज यूकेका अध्यक्ष कुमार गुरुङ र प्रथम महिला मीना गुरुङको पहलमा आयोजित का...
पाल्पा । बगनासकाली गाउँपालिका–६, दान्सिँघामा गाउँस्तरीय पुरुष तथा खुला महिला भलिबल प्रतियोगिता आयोजना हुने भएको छ । स्थानीयस्तरमा सक्रिय जनज्योति युवा क्लबले बडा दशैंको ...

