दुबई पठाइदिने भन्दै ठगी गरेको आरोपमा विकास र हरि पक्राउ
काठमाडाैं | बैशाख १७, २०७९

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलब पाउने लोभ देखाएर विभिन्न व्यक्तिबाट लाखौँ ठगी गर्ने दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा पर्साको वीरगञ्ज महानगरपालिका घर भई हाल ललितपुरको ठेचो बस्ने ३३ वर्षका विकास तामाङ र सोही ठाउँका हरिबहादुर तामाङ रहेका छन् ।
मोरङको रतुवामाई नगरपालिका घर भई हाल काठमाडौँ बस्ने विक्रम मिश्रसमेत पाँच जनालाई भिजिट भिसामा युनाइटेड अरब इमिरेट्स पठाइदिने लोभ देखाएर उनीहरूले नौ लाख ५० हजार ठगी गरेको पाइएको छ । उनीहरूले प्रतिव्यक्ति एक लाख ९० हजार उठाएको प्रहरीले जनाएको छ ।
त्यसपछि उनीहरू फरार थिए । पक्राउ गरी उपस्थित गराइदिन वैदेशिक रोजगार विभागबाट पत्राचार भएपछि खोजतलास गरी उनीहरूलाई पक्राउ गरिएको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
उनीहरूमध्ये विकासलाई बिहीबार काठमाडौँको चुच्चेपाटीबाट र हरिबहादुरलाई आज ललितपुरको जावलाखेलबाट पक्राउ गरिएको कार्यालयले जनाएको छ । थप अनुसन्धान गर्न उनीहरूलाई वैदेशिक रोजगार विभाग पठाइएको छ ।
पोखरा: पोखरामा जेसी नीति र महिला अधिकार सम्बन्धी अभिमुखीकरण तथा तीज विशेष कार्यक्रम भएको छ।सञ्चारिका समूह गण्डकीको आयोजनामा र असल छिमेकी सहयोग सङ्घ गोनेसाको सहयोगमा बुधबार कार्यक्रम भएको हो। गण्ड...
पोखरा: पर्यटन व्यवसायी महिला संघ नेपाल (टेवान) ले यही भदौ १० र ११ गते पोखराको लेकसाइडस्थित बाराहीघाटमा ‘तेस्रो तीज सांस्कृतिक महोत्सव–२०८२’ आयोजना गर्ने भएको छ । हरिताल...
पोखरा: उच्च हिमाली क्षेत्रहरुमा घुमघामका लागि पुग्ने पर्यटकहरुलाई खासगरी लेक लाग्ने समस्याबाट कसरी सुरक्षा प्रदान गर्न सकिन्छ भन्ने विषयमा बुधबार पोखरामा छलफल गरिएको छ । पदयात्रा र धार्मिक हिसावले हि...