रुकुम पूर्वमा अटो दुर्घटना २ जनाको मृत्यु, ५ जना घाइते

रुकुम पूर्व | कात्तिक १६, २०८२

रुकुम पूर्वमा अटो दुर्घटना २ जनाको मृत्यु, ५ जना घाइते

रुकुम पूर्व:  रुकुम पूर्वको भुमे गाउँपालिका १ लुगुमको पञ्चासेमा अटो दुर्घटना हुँदा २ जनाको ज्यान गएको छ ।


हिजो बेलुका भुमे १ स्यावालस्थित मध्यपहाडी लोक मार्गको लुगुम(पाटी हाल्ने सडक खण्डमा लुगुमबाट बराहातालतर्फ जादै गरेको रा १ ह ६७९७ नम्बरको अटो अनियन्त्रित भई सडकदेखि करिब तीन सय मिटर तल खस्दा भुमे १ लुगुमकी ३० वर्षीया रेजिना घर्ती मगर, २५ वर्षीया फिसोल्टी घर्ती मगरको मृत्यु भएको हो ।


मृतक दुबै जना एकै घरका जेठानी÷देउरानी हुन् । अन्य ५ जना घाइते भएका छन ।


घाइते हुनेमा लुगुमकै वर्ष २६ कि प्रतीक्षा बुढामगर, उहाँको ११ महिनाको छोरा सुभम बुढामगर, २५ वर्षकी ब्युटी पुन मगर, उनकी छोरी २३ महिनाकी समृद्धि पुन मगर, लुगुमकै वर्ष ३ का सक्षम घर्ती मगर छन । घाइतेहरु सबैको जिल्ला अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वले जानकारी दिएको छ ।


अटो चालक भुमे १ का करिब २९ वर्षका जोते घर्ती मथर भने सम्पर्कमा नरहेको जिल्ला प्रहरी कार्यालय रुकुम पुर्वका प्रहरी नायब उपरीक्षक उमाशंकर प्रसाद यादवले बताउनुभयो ।

कर्णाली प्रदेशको मुख्य पर्यटकीय गन्तव्य मध्येको रारा ताल हिउँले ढपक्कै ढाकिएको छ । आइतबार रातिदेखि परेको हिउँले रारा क्षेत्रमा चाँदीले छोपिएजस्तो सेताम्मे भएको छ ।   रारा राष्ट्रिय निकुञ्ज कार्यालयका अन...

थप पढ्नुहोस्

हेमजा:   कास्कीको हेमजामा १४ औँ राष्ट्रिय हेमजा आलु महोत्सव हुने भएको छ ।   आगामी चैत २७ गतदेखि वैशाख ५ गतेसम्म 'सुन्दर ठाउँ हेमजा जाऔं, आलुका स्वादिष्ट परिकार खाऔं, आलु एक परिकार ...

थप पढ्नुहोस्

गोरखाको मनकामना मन्दिर दर्शन गरेर फर्किने क्रममा विद्युतीय (ईभी) गाडी दुर्घटना हुँदा ७ जना भारतीय नागरिकको घटनास्थलमै मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।   घटनास्थलमा उद्धारमा खटिएका शहिद लखन ...

थप पढ्नुहोस्