३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला मंसिर १७ देखि
पाेखरा | मंसिर ९, २०८२
पोखरा: पोखरा उद्योग वाणिज्य संघले यही मंसिर १७ देखि २१ गतेसम्म नेपाल मणिपाल अस्पताल ३४ औं राष्ट्रिय औद्योगिक व्यापार मेला तथा १३ औं क्यान इन्फोटेकको २०८२ पोखराको आयोजना गर्ने भएको छ ।
आयोजक संस्था पोखरा उद्योग वाणिज्य संघले मंगलबार पत्रकार सम्मेलनमार्फत् मेलाको तयारी चलिरहेको र योपटक मेलाको मुख्य सहयात्रीको रुपमा पोखरामै रहेको नेपाल मणिपाल शिक्षण अस्पताल रहेको जानकारी दिएको हो ।
संघका अध्यक्ष गोकर्ण कार्कीले पोखरा उद्योग वाणिज्य संघले अगाडि सारेको पोखरालाई शिक्षा, स्वास्थ्य, पर्यटन र कृषिको सहरको नारासँग मणिपालको उद्देश्य मिलेकोले यो सहकार्य सम्भव भएको बताए ।
४० को दशकमै पोखरालाई शिक्षा,स्वास्थ्य र पर्यटनको सहरको रुपमा परिकल्पना गरेको स्मरण गर्दै उनले भने,‘ पोखराको भौगोलिक अवस्थिति र हावापानी स्वास्थ्य पर्यटनका निम्ति उचित रहेको यसबाट हामीले मनग्ये विदेशी मुद्रा आर्जन अनि रोजगारी सिर्जना गर्न सक्छौँ भन्ने पुष्टि हुँदै गएको छ । आधुनिक चिकित्सा पद्धतिलाई अंगालेर नेपाल मणिपाल अस्पतालले पोखरा उद्योग वाणिज्य संघको त्यो पुरानो सपनालाई मलजल गरेको छ । त्यसैले त नेपाल मणिपाल अस्पताल हामीसँग जोडिन आइपुगेको छ ।– उनले पोखरालाई आधुनिक चिकित्सा सेवादेखि आयुर्वेद,योग र ध्यानको केन्द्र पनि बनाउन सकिने पनि बताए ।
अध्यक्ष कार्कीका अनुसार योपटकको मेलाको नारा पनि ‘लगानीको सम्वद्र्धन, उद्योग–व्यवसायको प्रवद्र्धन’ नै जानकारी दिए । मेलालाई विशुद्ध स्वदेशी उत्पादन तथा सेवाहरूको बजार पहिचान, प्रवद्र्धन तथा प्रचार–प्रसार,पोखराको पर्यटन र व्यापार प्रवद्र्धन, उत्पादक र उपभोक्ताबीच प्रत्यक्ष सम्बन्ध स्थापना,पोखरालगायत सम्पूर्ण राष्ट्रको औद्योगिक, कृषिजन्य उत्पादन, हस्तकलाका उत्पादन, सूचना प्रविधि, शिक्षा, स्वास्थ्य, पर्यटनलगायत कृषिजन्य उत्पादनहरुलाई प्रवद्र्धन तथा बजारीकरणमा सघाउ पु¥याउने उद्देश्यमा समर्पित गरिएको अध्यक्ष कार्कीको भनाइ छ ।
मेलालाई मनोरञ्जनात्मकभन्दा पनि उद्यमशिलता विकासको थलो बनाउनकै लागि यसपटक समयावधि घटाएर ५ दिनको बनाइएको उनको भनाइ छ ।
पोखरा उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्यको धन्यवाद तथा महासचिव शोभा गौतमको संचालन रहेको पत्रकार सम्मेलनमा बोल्दै क्यान महासंघ कास्कीका अध्यक्ष पुरुषोत्तम कुँवरले मेलामार्फत् सूचना प्रविधि क्षेत्रमा पछिल्लो समय आएका नयाँ प्रविधिबारे जानकारी गराउने,साइबर सुरक्षाबारे सचेतता फैलाउनेलगायतका कार्यक्रम समावेश गरिने जानकारी दिए ।
यसअघि बोल्दै पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले क्यान नेपाल महासंघ,कास्कीले विगत १३ वर्षदेखि आयोजना गर्दै आइरहेको क्यान इन्फोटेकलाई मेलामा समाहित गर्नुको उद्देश्य सूचना–प्रविधिको क्षेत्रसँग सम्बन्धित विभिन्न प्रतिष्ठानहरुले पछिल्लो समयका प्रविधि,दैनिक जीवनलाई अझ सरल बनाउने उपकरणहरु प्रदर्शनी तथा बिक्रीका राख्नु रहेको बताएका थिए ।
इरानका सर्वोच्च नेता आयतुल्लाह अली खामेनी मृत्यु भएको इरानको राज्य टेलिभिजनले पुष्टि गरेको छ । उनको निधनमा ४० दिन शोक घोषणा समेत गरिएको छ । यसअघि अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानका सर्वो...
निर्वाचनको अघिल्लो दिन अर्थात् फागुन २० गते लामो तथा मध्यम दुरीका रात्रि बसहरू सञ्चालन नहुने यातायात व्यवसायीले बताएका छन् । निर्वाचन आयोगले मतदानलाई लक्षित गर्दै फागुन २० गते राति १२ बजेदेखि २१ ग...
निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनका दिन विभिन्न सवारीसाधनलाई भने कुनै प्रकारको पास आवश्यक नपर्ने स्पष्ट पारेको छ । यही फागुन २१ गते प्रतिनिधिसभा सदस्य निर्वाचन हुँदैछ । ...

