रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज

काठमाडाैं | मंसिर १०, २०८२

रास्वपाले हटायो सातै प्रदेशका इन्चार्ज FILED PHOTO

काठमाडौं:  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सातै प्रदेशका इन्चार्जहरूलाई जिम्मेवारीबाट हटाएको छ।


मंगलबार बसेको सचिवालय बैठकले पुराना इन्चार्जलाई धन्यवाद दिँदै अब प्रदेश इन्चार्जको भूमिका केन्द्रीय सदस्यहरूलाई तोक्ने निर्णय गरेको हो।


रास्वपाका कोशी प्रदेश इन्चार्ज सन्तोष परियार, मधेशमा मनीष झा, बागमतीमा लिमा अधिकारी, गण्डकीमा शिशिर खनाल, लुम्बिनीमा विपिन आचार्य, कर्णालीमा गणेश पराजुली र सुदूरपश्चिममा हरि ढकाल जिम्मेवारीमा थिए। तीमध्ये कोशी इन्चार्ज परियारले यसअघि नै पार्टी त्यागिसकेका छन्।


सचिवालय बैठकले उनीहरूको स्थानमा अब केन्द्रीय सदस्यहरूलाई प्रदेश इन्चार्ज तोक्ने तयारी गरेको छ। रास्वपा बैठकले पार्टी एकताको प्रक्रियालाई गति दिएर नयाँ जिम्मेवारी तोक्न प्रदेश इन्चार्ज हटाएको जनाएको छ । बै

काठमाडौं: २०८२ साल फागुन २१ मा सम्पन्न हुने प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि बन्दसूचीमा समावेश भएका उम्मेदवारले सोमबार नाम फिर्ता लिन सक्ने बताइएको छ।  समानुपातिक निर्वाचन प्रणालीका निर्वाचन अधिकृ...

थप पढ्नुहोस्

काठमाडौं:  नेपाली कांग्रेसको विशेष महाधिवेशनमा २६ सय ६२ प्रतिनिधिले नाम दर्ता गराएका छन् । आइतबार काठमाडौंको भृकुटीमण्डपमा विशेष महाधिवेशनको उद्घाटन गरिएको थियो । बन्दसत्र भने भोलि (सोमबार) हुनेछ ।&nb...

थप पढ्नुहोस्

पोखरा:   युनाईटेड क्लबको आयोजनामा यही २९ गतेदेखि सुरु हुने १४ औं संस्करणको पोखरा महोत्सवको तयारी पुरा भएको छ ।   अमरसिंहचौरमा आगामी माघको ११ गतेसम्म सञ्चालनमा रहने पोखरा महोत्सवको सम्...

थप पढ्नुहोस्