विरौटामा एडुब्रिज कन्सल्टेन्सीको नयाँ शाखा
आइतबार शाखाको उद्घाटनसँगै शैक्षिक मेला
पाेखरा | मंसिर १२, २०८२
पोखरा: एडुब्रिज कन्सल्टेन्सीले स्थापनाको २५ औं वर्षको अवसर पारेर पोखरा महानगरपालिका–१७ विरौटामा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।
काठमाडौंमा प्रधान कार्यालय रहेको एडुब्रिजले पोखराको विरौटामा आठौं शाखा सञ्चालनमा ल्याएको हो ।
शाखाको आइतबार एक कार्यक्रमका बिच उद्घाटन गर्ने शाखाका प्रवन्धक निर्देशक किसान सुनारले जानकारी दिए ।
‘काठमाडौं लगायत देशको विभिन्न जिल्लामा शाखा रहेको एडुब्रिज कन्सल्टेन्सीले पोखरा विरौटामा शाखा सञ्चालनमा आएको छ, सुनारले भने,‘आइतबार औपचारिक रुपमा शाखाको उद्घाटन गर्दै वैदेशिक उच्च शिक्षाका लागि जाने विद्यार्थीहरुलाई परामर्श दिने उद्धेश्यसहित शैक्षिक मेला समेत आयोजना गरेका छौं ।’

उनले विद्यार्थीहरुलाई शैक्षिक पृष्ठभूमि, रुचि र करियरको आकाक्षाका आधारमा उपयुक्त शैक्षिक संस्था छनोट गर्न सहयोग पु¥याउने बताए ।
एडुब्रिज कन्सल्टेन्सीले अस्टेलिया, युके, जापान र युरोपमा वैदेशिक उच्च शिक्षाका लागि जाने नेपाली विद्यार्थी र अन्र्तराष्ट्रिय विद्यार्थीहरुलाई नेपालको विभिन्न क्षेत्रमा अध्यापनमा ल्याउन सजकिरण गर्ने छ ।
कन्सल्टेन्सीले विभिन्न देशका अस्टेलिया, युके, जापान, युरोप र युएईको विभिन्न युनिभसिटीको प्रतिनिधि संस्थाको रुपमा गण्डकी प्रदेशको यस कार्यालयले सहजिकरण गर्नेछ ।

काठमाडौं: राष्ट्रपति रामचन्द्र पौडेलले फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनमा सेना परिचालनका लागि स्वीकृति प्रदान गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार प्र...
पोखरा: पोखरामा जारी नवौं पिभिटिसी क्लबस्तरीय महिला तथा पुरुष भलिबल प्रतियोगिताको पुरुषतर्फ लिगचरणका चार खेल सम्पन्न भएको छ । पोखरा महानगरपालिका–३ नदिपुर स्थित पोखरा भलिबल प्रशिक्षण के...
पोखरा: लामा अमृत फाउण्डेशनका संस्थापक अमृत लामा गुरुङले विगत ९ वर्षदेखि आफ्नो जन्मोत्सव वृद्धाआश्रम र मावनसेवा आश्रममा खाद्यान्न तथा फलफुल वितरण गरेर मनाउँदै आएका छन् । फाउण्डेशनका संस्थापक गुर...

