फिसटेल रेस २०२५: पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकालाई उपाधि

पाेखरा | मंसिर २१, २०८२

फिसटेल रेस २०२५: पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकालाई उपाधि

पोखराः   पोखराको प्रतिष्ठित ट्रेल रनिङ प्रतियोगिता ‘फिसटेल रेस’ २०२५ मा म्याराथन (४२ किलोमिटर)  पुरुष तर्फ नेपाल र महिला तर्फ अमेरिकी नागरिकले उपाधि  जितेका छन् ।  


‘हिमाल मुनी तालको छेउमा’ भन्ने नाराका साथ आयोजना गरिएको छैटौँ संस्करणको म्याराथनमा पुरुष तर्फ नेपाली धावक सुमन कुलुङले ३ घण्टा ४७ मिनेट १८ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गदै विजेता बनेका हुन् । यस्तै महिला तर्फ अमेरिकी नागरिक सोन्या मार्टिनले ५ घण्टा २८ मिनेट ५८ सेकेण्डमा ४२ किलोमिटर दुरी पार गदै विजेता बनिन् । 


पुरुष तर्फ नेपालका मिलन कुलुङ द्धितिय (नेपाल), नेपालका लोकेन्द्र राइ तृतिय, नेपालका विजय रानामगर  र बेलायतका फिन नर्वुड सान्त्वना भए । 


महिला तर्फ अनिता राई द्धितिय (नेपाल), सोफी मेरी स्टेनजेर (नर्बे) तृतिय, स्याली मोल्ड्स (बेलायत) र समान्था बेकर (बेलायत) सान्त्वना भए । 


पोखरा १७ डेभिज फलबाट सुरु भएको म्याराथन विश्व शान्ति स्तुपा, भुम्दी, ठुलाखेत ुहदैँ कास्कीकोटबाट मेथलङ् हुदै खहरेमा पुगेर समाप्त भएको थियो । 


२१ किलोमिटर हाफ म्याराथनमा पुरुष तर्फ नेपालका विशाल राई  प्रथम  भए । उनले २ घण्टा ११ मिनेट १० सेकेण्डमा उक्त दुरी पार गरे । नेपालका ऋतुराग रोकाय द्धितिय, अष्ट्रेलियाका ओलिभर रैली तृतिय, नेपालका हरेन्द्रकुमार चौधरी र अमेरिकाका क्लेटन ग्यारो सान्त्वना भए । 


२१ किलोमिटर हाफ म्याराथनमा महिला तर्फ अष्ट्रेलियाकी लरेन बर्नहम प्रथम भइन् । उनले उक्त दुरी २ घण्टा ४३ मिनेट ३७ सेकेण्डमा पार गरिन् । यस्तै न्युजिल्याण्डकी फ्लोरेन्स रेनोल्ड्स द्धितिय, नेपालकी नितु तामाङ तृतिय, डेनमार्क की फ्रेया थोरुप र ब्राजितकाी मारिलिया बोर्जेस सान्त्वना भए । 


पुरुष तर्फको ५ किलोमिटर दौडमा पाचै जना नेपाली धावकले अग्रता कायम गरे ।  नेपालका विष्णु लिम्बु प्रथम भए । उनले ३२ मिनेट ४३ सेकेण्डमा ५ किलोमिटर दुरी पार गरे । यस्तै अनुप गुरुङ द्धितिय, श्रीजना मोक्तान तामाङ तृतिय, नव्या राइ र समरि गुरुङ सान्त्वना भए । 


महिला  तर्फको ५ किलोमिटर दौडमा जर्मनी धावक ग्रेता होफम्यान प्रथम भइन् । उनले ४७ मिनेट ४६ सकेण्डमा उक्त दुरी पार गरीन् । ग्रीसकी भासो थियाकोडिभित्री द्धितिय, ब्राजितकी आना रामोस तृतिय, डेनमार्ककी इसाबेला मोलर लाउर्सेन र जोसेफिन मोलगार्ड सान्त्वना भए । 


फिसटेल रेसका परिकल्पनाकार जगन्ना तिमिल्सिनाले पोखरामा रहेका विश्वकै उतकृष्ट ट्रेलहरुको अनुभव बाड्न र पोखरालाई विश्वसामु चिनाउन प्रतियोगिताको आयोजना गरिएको जानारी दिए । तिमिल्सिना सन् २०१७ मा कठिन ‘ग्रेन हिमाल रेस’ जितेका थिए । 


प्रतियोगितामा २७ देशका धावकले सहभागिता जनाएका थिए । 
 

कास्की क्षेत्र नम्बर-३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की बिना गुरुङ विजयी भएकी छिन्।   शुक्रबार राति सम्पन्न मतगणनामा रास्वपाकी गुरुङले प्रतिस्पर्धी नेपाली कांग्रेसका मनोज गुरुङलाई २० हजार ८ सय ५५ ...

थप पढ्नुहोस्

पोखरा।   कास्की क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार उत्तमप्रसाद पौडेल लोकप्रिय मतका साथ विजयी भएका छन् ।    एमालेले जित्दै आएको कास्कीकै चर्चामा रहने निर्वाचन क्षेत्रमा र...

थप पढ्नुहोस्

 चितवन ३ मा रास्वपाकी सोविता गौतम भारी मत अन्तरले निर्वाचित हुनुभएको छ । अन्तिम मत परिणामअनुसार गौतमले ५९ हजार २७७ मत प्राप्त गर्नुभएको हो ।    गौतमकी निकटतम प्रतिस्पर्धी नेकपाकी रेनु दा...

थप पढ्नुहोस्