पोखरामा  पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

पाेखरा | मंसिर २६, २०८२

पोखरामा  पौष ९ देखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप हुँदै

पोखरा:  पोखरामा आगामी पौष ९ गतेदेखि सोह्रौँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता हुने भएको छ । पोखरा महानगर खेलकुद विकास समितिको आयोजनामा पौष ११ गतेसम्म चल्ने प्रतियोगिताको तयारी सुरु भएको छ ।


पोखरा महानगर खेलकुद विकास समितिका अध्यक्ष दीपक बहादुर गोदारका अनुसार प्रतियोगितामा उसु, कराँते, तेक्वान्दो, भलिबल, कबड्डी र एथलेटिक्स गरि ६ वटा विधामा प्रतिष्पर्धा हुनेछ ।  खेलकुदलाई व्यवसायिक बनाउन नगद पुरस्कारसहित यो प्रतियोगिता आयोजना गरिएको उनले बताए ।


यसवर्षको प्रतियोगितामा  निजी तथा सामुदायिक विद्यालय गरेर १ सय ४० भन्दा बढि विद्यालयको सहभागिता रहने जनाईएको छ ।  जति धेरै विद्यालय सहभागी हुन्छ त्यति नै राम्रा खेलाडी उत्पादनमा सहयोग पुग्ने भएकाले बढिभन्दा बढि विद्यालय सहभागी गराउने आयोजकको तयारी छ । ग्रासरुट देखि नै खेलकुद विकास गर्न र खेलाडी उत्पादन गर्नका लागि प्रतियोगिताले सहयोग पुर्‍याउने अध्यक्ष गोदारको विश्वास छ ।


प्रतियोगितामा खेल सञ्चालन तथा व्यवस्थापन गर्नका लागि प्रशिक्षक समेत तोकिएको छ । जसअनुसार भलिबलका लागि रामबहादुर लामिछाने, कबड्डीका लागि सागर भण्डारी, एथ्लेटिक्सका लागि गोप बहादुर अधिकारी, उसुका लागि दिलिप लामा, तेक्वान्दोका लागि निरज बहादुर नेपाली, कराँतेको लागि धन लामा प्रशिक्षकका रुपमा छन् ।


प्रतियोगिताको सन्दर्भमा शुक्रबार व्यवस्थापन तथा निर्देशन समितिसँग पोखरा महानगर खेलकुद विकास समितिले छलफल गरेको छ । छलफलका सहभागिले प्रतियोगितालाई प्रभावकारी बनाउनका लागि मिहिन ढङ्गले तयारी गर्नुपर्ने सुझाएका छन् ।  


प्रतियोगितामा ग्रासरुट लेभलका खेलाडीका सहभागिता रहने भएको कारणले गर्दा उनीहरूलाई अनुशासनदेखि नियम लगायतका विषयमा समेत जानकारी दिएर निखारता थप्नुपर्नेमा जोड दिए । 


कार्यक्रममा कमजोरी हुन नदिनको लागि व्यवस्थापनमा ध्यान दिनुपर्ने र फर्जी विद्यार्थी समावेश गरिएको भेटिएमा कारवाही समेत गर्नुपर्ने सुझाब दिएका थिए । प्रतियोगितामा सामुदायिक विद्यालयको सहभागिता बढाउन समेत पहल गरिने अध्यक्ष गोदारको भनाइ छ । 

ढोरपाटन:    सडकले नजोडिएका बागलुङका ग्रामीण क्षेत्र कमै छन् । केही गाउँ जोडिने क्रममा छन् । सडकले जोडिएपछि ग्रामीण क्षेत्रमा विस्तारै विकास पनि हुँदैछ, तर मौलिकता भने टुट्दैछन् ।  पूर्व पाँच...

थप पढ्नुहोस्

पाल्पा:   पाल्पाको निस्दी गाउँपालिका–४, मा जिप दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । मित्याल–अरुणखोला सडक खण्ड अन्तर्गत निस्दी–४, च्युरीबास नजिकै एकलफोक्सिङ् भन्ने स्थानमा जिप दुर्घटना भए...

थप पढ्नुहोस्

पोखरा:   लेखनाथ उद्योग वाणिज्य संघले आयोजना गर्न लागेको २१ औं लेखनाथ महोत्सवको तयारी तीव्र पारिएको छ ।  विगत २०६१ साल देखि अनवरत रुपमा सञ्चालन हुदै आइरहेको महोत्सवले स्थानीयस्तरमा उत्पादित वस्त...

थप पढ्नुहोस्