एमाले उम्मेदवार थापाको प्रतिवद्धता: सेवा सुविधा नलिने देखि चुनावमा नउठ्नेसम्म
कास्की | बैशाख १७, २०७९
पोखरा: पोखरा महानगरपालिकाको मेयर पदका एमाले उम्मेदवार कृष्ण थापाले आफु निर्वाचित भएको खण्डमा कुनै पनि सेवा सुविधा नलिने प्रतिवद्धता जनाएका छन् ।
पोखरामा नेकपा एमाले पोखरा महानगर कमिटीद्वारा आज आयोजित प्रतिवद्धता पत्र सार्वजनिक सभालाई सम्बोधन गर्दै थापाले यस्तो अभिव्यक्ति दिएका हुन् ।
उनले सेवा सुविधा नलिने मात्रै वचन गरेनन् युवाहरुलाई स्थान दिने बताउदै आगामी दिनमा कहिल्यै चुनाव नलड्ने सम्म प्रतिवद्धता सुनाउन भ्याए । ‘मेरो यो चुनाव अन्तिम हुनेछ, उनले भने, ‘अब कृष्ण थापा चुनाव लड्नेछैन ।’ कमिसनतन्त्र र भ्रष्टाचार जनविरोधी कार्य भएको भन्दै उनले आफु निर्वाचित भएर कार्यालय प्रवेश गरेकै दिनदेखि रोक्ने बताए ।
थापाले सेवाग्राहीलाई सर्वसुलभ सेवा प्रदान गर्ने बताउदै भने, ‘हामी शिक्षा, स्वास्थ्य, पर्यटन, कृषिको साथसाथै अन्तरराष्ट्रिय विमानस्थल पनि छिटै सञ्चालनमा ल्याएर अन्तरराष्ट्रिय लेवलको शहर बनाउने प्रतिवद्धता जनाउँछु ।’
उनले पूर्व मेयर मानबहादुर जिसीको पदछापलाई फेरी कार्यान्वयन गर्ने बताए ।
उनले सार्वजनिक भएको घोषणापत्रलाई जस्ताको त्यस्तै कार्यान्वयन गर्ने उल्लेख गरे । उनले समग्र नेताहरुलाई साक्षी राखेर भने, ‘म आफ्नो नेता कमरेडहरुलाई साक्षी राखेर, मेरो शिर झुकाएर म त्यो प्रतिवद्धता व्यक्त गर्न चाहान्छु, पार्टी र नेतालाई आँच आउँने कान जिवनभरी नगर्ने प्रतिवद्धता गर्दछु ।’
आज सार्वजनिक भएको २० पृष्ठ लामो घोषणा पत्रमा पोखरामा मनोरेल र मेट्रोलले सञ्चालन ल्याउने उल्लेख गरिएको छ । एमालेको तर्फबाट उपमेयरमा मञ्जुदेवी गुरुङ चुनावी मैदान होमिएकी छिन् ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

