पोखरामा शुक्रबारदेखि २२ औं माछापुच्छ«े पोखरा ओपन तथा भेट्रान्स टेनिस
पाेखरा | पुस ९, २०८२
पोखरा: पोखरामा पुस ११ गतेदेखि २२ औं माछापुच्छे« पोखरा ओपन तथा भेट्रान्स टेनिस प्रतियोगिता हुने भएको छ ।
कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालास्थित टेनिस कोर्टमा हुने प्रतियोगितामा भारत, भुटानसहित एक सय बढी खेलाडी सहभागी हुनेछन् ।
ओपन मेन्स तथा वुमेन्स सिंगल्स, डबल्स, ३५ंं,४५ं,५५ं,६५ वर्ष माथि गरी १२ इभेन्टमा प्रतिष्पर्धा हुने टुर्नामेन्ट डाइरेक्टर नविन चालिसेले जानकारी दिए ।
मेन्स, वुमेन्स दुवैको सिंगलतर्फ विजेता हुनेले ८० हजार, उपविजेताले ४० हजार र सेमिफाइनललिष्टले २० हजार पुरस्कार पाउनेछन् । डबल्सतर्फ विजेताले ३० हजार, उपविजेताले १५ र सेमिफाइनललिष्टले १० हजार पाउने आयोजकले जनाएको छ ।
३५ वर्ष माथि इभेन्टमा सिंगल्सको विजेतालाई ६० हजार, उपविजेतालाई ३० हजार र सेमिफाइनललिष्टलाई १५ हजार प्रदान गरिनेछ । सोही इभेन्ट डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनललिष्टले १० हजार पाउनेछन् । ४५ वर्षमाथिको इभेन्टको सिंगल्सतर्फ विजेताले ४० हजार, उपविजेताले २० हजार र सेमिफाइनललिष्टले १० हजार प्राप्त गर्ने आयोजकले जनाएको छ । सोही इभेन्टको डबल्सतर्फ विजेताले २० हजार, उपविजेताले १० हजार र सेमिफाइनललिष्ट १० हजार पाउनेछन् ।
५५ वर्षमाथिको इभेन्टमा सिंगल्सतर्फ विजेता, उपविजेता र सेमिफाइनललिष्टलाई क्रमशः ३०, १५ र १० हजारसहित मेडल र प्रमाणपत्र प्रदान गरिनेछ । सोही इभेन्टको डबल्समा विजेताले २० हजार, उपविजेता र सेमिफाइनललिष्टले समान १० हजार पानेछन् ।
६५ वर्षमाथिको सिंगल्सतर्फ विजेतालाई १५ हजार, उपविजेतालाई ७ हजार ५ सय र सेमिफाइनललिष्टलाई २५ सय दिइने आयोजकले जनाएको छ । डबल्सतर्फ विजेताले १० हजार र उपविजेताले ५ हजार रुपैयाँ पाउनेछन् । प्रतियोगिता पुस १५ गतेसम्म चल्ने टुर्नामेन्ट डाइरेक्टर चालिसेले जानकारी दिए ।
पोखरा: १४ ओेैं पोखरा महोत्सवको तयारी तीब्र पारिएको छ । युनाइटेड क्लव पोखराको आयोजनामा आगामी पुषको २९ देखि माघको ११ गते सम्म पोखराको अमरसिंह खेल मैदानमा आयोजना हुने १४ ओैं पोखराको महोत्सवको तयारी त...
पोखरा: पोखरामा बुधबारदेखि १६ औँ राष्ट्रपति रनिङ शिल्ड तथा पाँचौ मेयर कप विद्यालय खेलकुद प्रतियोगिता सुरु भएको छ । पोखरा महानगरपालिका खेलकुद विकास समितिको आयोजनामा सुरु भएको प्रतिय...
काठमाडौं: नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघले सुनचाँदी व्यवसायमा देखिएका विद्यमान कानुनी जटिलता र करका दरहरूमा सुधार गर्न माग गर्दै अर्थमन्त्री रामेश्वर खनाललाई ध्यानाकर्षण पत्र बुझाएको छ । ...

