केएफसीको २३ औं शाखा पोखरा चिप्लेढुङ्गाको सेलवेजमा

पाेखरा | पुस १०, २०८२

केएफसीको २३ औं शाखा पोखरा चिप्लेढुङ्गाको सेलवेजमा

पोखरा:  विश्वकै प्रसिद्ध फुड ब्रान्ड केएफसीले पोखरा चिप्लेढुङ्गामा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ । केएफसी नेपालका लागि आधिकारिक फ्रेन्चाइज देवयानी इन्टरनेसनल नेपाल प्रालिले २३ औं आउटलेट पोखरा चिप्लेढुङ्गामा रहेको सेलवेजमा बिहीबार उद्घाटन गरेको छ ।


सेलवेज क्यास एण्ड क्यारी प्रालिका अध्यक्ष कृष्णदेव प्रधानाङ्ग र पोखरा वडा नम्बर ४ का वडा अध्यक्ष देवकृष्ण पराजुलीले उद्घाटन गरे । यो सँगै पोखरामा केएफसीको दोस्रो आउटलेट खुलेको छ । नयाँ आउटलेट चिकेनप्रेमीका लागि आकर्षक गन्तव्य बन्ने कम्पनीको विश्वास छ ।


‘विश्वमा उत्कृष्ट चिकेन’ को पहिचान बनाएको केएफसी ग्राहकलाई हट एन्ड क्रिस्पी चिकेन, चिकेन पपकर्न, चिकेन स्ट्रिप्स, जिन्जर बर्गर र केएफसी बकेटजस्ता स्वादिष्ट परिकार पस्किदै आएको छ । पोखराका चिप्लेढुङ्गा शाखामा १४ जनाले रोजगारी पाएका छन् भने देश भर ४ सय भन्दा बढि जनाले रोजगारी पाएको देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत (सीएफओ) ऋतुराज शाहले जानकारी दिए ।


उद्घाटनका अवसर पारेर शुक्रबार विशेष छुटको व्यवस्था गरेको छ । दैनिक बिहान ९ बजे देखि राति ९ बजेसम्म यो आउटलेट सञ्चालन हुनेछ । देवयानी इन्टरनेसनल नेपालका प्रमुख वित्तीय अधिकृत (सीएफओ) ऋतुराज शाहले सातदोबाटोमा खुलेको यो आउटलेट सेल्सबेरीसँगको सहकार्यमा खुलेको पहिलो भएको बताए ।


सन् २००९ मा नेपाल प्रवेश गरे कम्पनीले पोखराको लेकसाइडमा सन् २०१७ मा आउटलेट खोलेको थियो । कम्पनीले नेपालमा २०२५ डिसेम्बरसम्म देशभरि २५ आउटलेट पु¥याउने लक्ष्य लिएको शाहाले बताए । नयाँ शाखा सञ्चानलसंगै केएफसीले क्रिसमस र अंग्रेजी नयाँ बर्षको उपलक्ष्यमा केएफसी सेलिब्रेसन अफर ल्याएको उनले बताए । केएफसीले नियमित रूपमा विभिन्न अफर पनि ल्याउने गरेको उनको भनाई छ ।

  लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ ।   तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...

थप पढ्नुहोस्

पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ ।   बुद्धटोल युवा क्लबको आय...

थप पढ्नुहोस्

पोखरा:   आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...

थप पढ्नुहोस्