पोखरामा नेश्नल अटोक्रस च्याम्पियनसिप सुरु
पाेखरा | पुस ११, २०८२
पोखरा: पर्यटन राजधानी पोखराको पामेमा नेश्नल अटोक्रस च्याम्पियनसिप गरिएको छ । अटोमोवाइल एसोसिएसन गण्डकी, जियोन ओभरल्याण्ड र मोटरभर्स स्पोर्टस् क्लबको आयोजनामा ड्राइभ टुरिजम र सडक सुरक्षाको सचेतना अभिवृद्धि गर्ने उद्देश्यले उक्त च्याम्पियनसिप गरिएको हो ।
च्याम्पियनसिपमा ४ महिला सहित ३६ जना कार राइडरहरूको उत्साहजनक सहभागिता रहेको थियो । मोटर स्पोर्टस्को प्रमुख विद्याका रुपमा रहेको अटोक्रस अन्तरगत सहभागीहरूले माटो, ग्राभेल वा पिच ट्र्याकमा टाइम–अट्याक शैलीमा सकेसम्म छिटो र सटिक रूपमा रेस पुरा गर्ने गर्दछन् । यसमा स्किल र स्ट्राटेजी निकै महत्त्वपूर्ण हुने बताइएको छ ।
यसअघि च्याम्पियनसिपको शुभारम्भ गर्दै नगर प्रमुख धनराज आचार्यले साहसिक खेल पर्यटनको प्रवर्द्धन र विकासमा उल्लेखनीय योगदान पुग्ने विश्वास व्यक्त गर्नुभएको थियो ।
पोखरालाई पर्यटनको अन्तर्राष्ट्रिय गन्तव्यका रूपमा अझ मजबुत बनाउन निजी क्षेत्र, युवाहरू तथा पर्यटनसँग सम्बन्धित सङ्घ–संस्थाको सक्रिय सहभागिता अत्यावश्यक रहेको उहाँले बताउनुभयो ।
लेखनाथ उद्योग वाणिज्य संघले व्यवसायीहरुका लागि आयकर तथा मूल्य अभिवृद्धि करसम्बन्धी तालिम आईतबार सम्पन्न गरेको छ । तालिमको शुभारम्भ गर्दै संघका संस्थापक अध्यक्ष चन्द्रकृष्ण कर्माचार्यले तालिममार्...
पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए साइड खुल्ला फुटबल प्रतियोगितामा मंगलबारदेखि प्रिक्वाटरफाइनलका खेल हुने भएको छ । बुद्धटोल युवा क्लबको आय...
पोखरा: आगामी फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) कास्की निर्वाचन क्षेत्र नम्बर २ का उम्मेदवार उत्तम पौडेलले ‘स्थानीयसँग संवाद यात्रा’...

