त्रिवेणी कपमा डिफेन्डिङ च्याम्पियन एपीएफको विजयी सुरुवात
लमजुङ | पुस १२, २०८२
लमजुङ: बेंसीशहरमा शनिबारदेखि सुरु भएको ३३ औँ संस्करणको त्रिवेणी कप फुटबल प्रतियोगितामा डिफेन्डिङ च्याम्पियन सशस्त्र प्रहरी बल (एपीएफ) फुटबल क्लबले विजयी सुरुवात गरेको छ ।
बेंसीशहर नगरपालिका ८ सहजीस्थित खेलमैदानमा भएको उद्घाटन खेलमा एपीएफले सुन्दरबजार फुटबल क्लबलाई ५–० को फराकिलो गोल अन्तरले पराजित गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।
एपीएफको जीतमा समीर थोकरले खेलको २० औँ मिनेटमा पहिलो गोल गरे ।
यस्तै उनले ३० औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल गरे। ३७ औँ मिनेटमा प्रदीप लामाले गोल गर्दै एपीएफलाई पहिलो हाफमै ३–० को अग्रता दिलाए ।
दोस्रो हाफको १८ औँ मिनेटमा मणि लामाले चौथो गोल गरे । २५ औँ मिनेटमा पुनः गोल गर्दै समीर थोकरले ह्याट्रिक पूरा गरे । ह्याट्रिकसहित उत्कृष्ट प्रदर्शन गरेका थोकर म्यान अफ द म्याच घोषित भए ।
उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे। साथै, पहिलो गोल गरेबापत भुजुङ घर भई हाल हङकङ बस्दै आएका रामकुमार गुरुङको तर्फबाट नगद ५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
दुई विदेशी खेलाडीसहित मैदानमा उत्रिएको सुन्दरबजार फुटबल क्लब गोलरहित रहँदा उसका समर्थक निराश बने ।
आइतबार बिहान ११ बजे एनआरटी काठमाडौं र भानु युनाइटेड (चक्रपथ, काठमाडौं) बीच पहिलो खेल हुनेछ । दिउँसो २ बजे सूर्यपुर चितवन र लमजुङ मस्र्याङ्दी युवा क्लब बेंसीशहरबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगिताको विजेताले १२ लाख रुपैयाँ, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने उपविजेताले ६ लाख रुपैयाँसहित मेडल र प्रमाणपत्र पाउनेछ। यस्तै, सर्वोत्कृष्ट खेलाडी, सर्वाधिक गोलकर्ता र उत्कृष्ट गोलरक्षकलाई जनही २५ हजार रुपैयाँ, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

