स्पोर्टस समिटमा विश्वकप ट्रफि
काठमाडाैं | पुस २२, २०८२
पोखरा: नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले सोमबार पोखराको म्याजेस्टिक होटलमा आयोजना गरेको एनएसजेएफ स्पोर्टस समिटमा ट्वान्टी ट्वान्टी विश्वकपको ट्रफि प्रदर्शन गरिएको छ ।
भारत र श्रीलंकामा फेब्रवरीमा अबको ट्वान्टी ट्वान्टी विश्वकप आयोजना हुनेछ र त्यसैक्रममा ट्रफि नेपाल आइपुगेको हो । ट्रफि सोमबार पोखरा आइपुगेको हो र त्यसलाई स्पोर्टस समिटमा प्रदर्शन गरिएको हो ।
त्यस समिटको अवसरमा प्यानल डिसकन गरिएको थियो र विषय रहेको थियो, पोखरामा खेल पयर्टन र अर्थतन्त्र । पोखरेली पत्रकार दीफेन्द्र श्रेष्ठले संचालन गरेको त्यस कार्यक्रममा ।
कार्यत्रममा विशेषज्ञका रूपमा सहभागी हुनेमा नेपाल पयर्टन बोर्डका अफिसेटिङ डाइरेक्टर सुनिल शर्मा, राष्ट्रिय खेलकुद परिषदका पूर्व सदस्य सचिव टंकलाल घिसिङ, पोखरा टुरिजम बोर्डका संस्थापक अध्यक्ष अशोक पालिखे र पोखरा भ्रमण वर्षका संयोजक गोपी भट्टराई रहेका थिए ।
कार्यक्रममा शर्माले पोखरामा खेलकुदको सम्भावना धेरै रहेको बताए । उनले पयर्टन प्रवधर्नका लागि जहिले पनि नयाँ अयाम चाहिएकोमा खेलकुद त्यो विकल्प हुन सक्ने भने । परिषदका पूर्व सदस्य घिसिङले पोखराका खेल पयर्टनको विकास र विस्तार गर्न नीजि क्षेत्रको प्रतक्ष्य सहभागिता आवश्यक रहेकोमा जोड दिए । उनले यसका लागि नीति नै बनाउनु पर्ने बताए ।
यस्तै भट्टराईले पोखरामा भौतिक पूर्वाधार पर्याप्त रहेको तर त्यसलाई सुहाउँदो प्रतियोगिता नभएको गुनासो पोखे । उनले खेल प्रतियोगिता आयोजना गर्नका लागि आवश्यक समन्वय भइनरहेको दाबी गरे ।
पालिखेले पनि पोखरा भौतिक पूर्वाधारमा निकै धनी रहेको, तर त्यसको उपयोग भने कम भएको बताए । उनले पोखरामा जति प्रतियोगिता भएका छन्, त्यसलाई प्रोत्साहन आवश्यक रहेको सुनाए ।
काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले इलामको चुलाचुली गाउँपालिकामा कार्यरत इन्जिनियर डिल्लीराज खड्कालाई ६ लाख रुपैयाँ घुससहित नियन्त्रणमा लिएको छ। छैटौँ तहका इन्जिनियर खड्काले पुलको...
पोखरा । युवाहरूबीच आपसी भाइचारा अभिवृद्धि गर्ने उद्देश्यसहित पोखरामा सुलभ प्रिजेन्टस् थ्रि भर्सेस थ्री खुल्ला पुरुष तथा महिला बास्केटबल प्रतियोगिता आयोजना हुने भएको छ । भगवती युवा ...
फिफा विश्वकप-२०२६ अन्तर्गत भर्खरै सकिएको खेलमा स्विट्जरल्यान्डलाई ३-१ गोल अन्तरले पराजित गर्दै अर्जेन्टिना सेफिफाइनमा प्रवेश गरेको छ। अतिरिक्त सयममा भएको २ गोलसँगै अर्जेन्टिनाले सानदार जित निकालेको...

