घलेलमा ल्होछार उत्सव सकियो: पुरुष, महिला र भेट्रान्स भलिबलमा आयोजक नै च्याम्पियन
पाेखरा | पुस २४, २०८२
कास्कीको उत्तरी भेगमा रहेको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा सम्पन्न २७ औं ल्होछार उत्सवमा भलिबलको तिन विधामा आयोजक च्याम्पियन बनेको छ ।
बौद्ध सिर्जना युवा क्लबको आयोजनामा सम्पन्न उत्सवमा गाउँस्तरीय पुरुष भलिबल, पुरुष भेट्रान्स भलिबल र क्लबस्तरीय महिला भलिबलमा आयोजक नै च्याम्पियन बनेको हो ।
पुरुष भलिबलतर्फको फाइनल खेलमा बौद्ध सिर्जना युवा क्लब घलेलले घाचोकलाई ३–२ को प्रतिस्पर्धात्मक सेटले पराजित गर्दै आयोजकले प्रतियोगितामा च्याम्पियन बनेको क्लबका अध्यक्ष विराज गुरुङले जानकारी दिए ।
उनका अनुसार च्याम्यिन बनेको घलेलले नगद रु ८५ हजार, शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्याे । भने, उपबिजेता बनेको घाचोकले शिल्ड, मेडल तथा प्रमाणपत्रसहित नगद रु ५० हजार हात पार्याे ।
यसैगरी भेट्रान्स भलिबलतर्फ घलेलले घाचोकलाई २–१ को सेटले पराजित गर्दै उपाधि जित्यो । भने, महिला भलिबलतर्फ घलेलले नयाँपुल साँखुलाई २–१ को सेटले पराजित गर्दै आयोजक नै च्याम्पियन बन्यो ।
भेट्रान्सतर्फ बिजेताले घलेलले नगद ३० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्यो । भने उपबिजेता घाचोकले शिल्ड, मेडल तथा नगद रु २० हजार हात पार्याे ।
महिलातर्फको बिजेता घलेलले नगद १५ हजार, शिल्ड, मेडल र प्रमाणपत्र प्राप्तद्वारा पुरस्कृत भयो । भने, उपबिजेता नयाँपुल साँखुले नगद रु १० हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्याे ।
प्रतियोगितामा पुरुष भलिबलतर्फ उत्कृष्ट खेलाडीको रुपमा घलेलका आयुष गुरुङ, भेट्रान्सतर्फ घलेलकै जापान गुरुङ र महिलातर्फ घलेलकै अस्मिता परियार पुरस्कृत बनिन् ।
प्रतियोगितामा पुरुषतर्फ ३२, भेट्रान्सको ८ र महिलातर्फ ३ टिमको सहभागीता रहेको थियो ।
कास्कीको उत्तरी भेगमा रहेको माछापुच्छ्रे गाउँपालिका ८÷९ घलेलमा सम्पन्न २७ औं ल्होछार उत्सवमा भलिबलको तिन विधामा आयोजक च्याम्पियन बनेको छ । बौद्ध सिर्जना युवा क्लबको आयोजनामा सम्पन्न उत्सवमा गाउ...
काठमाडौं: नेपाली सेनाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ८० हजार जनशक्ति परिचालन गर्ने तयारी गरेको छ । नेपाली सेनाका सहायक रथी एवम् प्रवक्ता राजाराम बस्नेतले निर्वा...
पोखरा: नेपाली कांग्रेसमा महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले यही २७ र २८ पुसका लागि आह्वान गरेको विशेष महाधिवेशनमा सहभागी हुन कास्की कांग्रेसले अपिल गरेको छ । यही २७ र २८ पुसका लागि म...

