एमाले केन्द्रीय कमिटी बैठक: विधान संशोधनदेखि निर्वाचन तयारीसम्मका एजेन्डा
काठमाडाैं | पुस २६, २०८२
ललितपुर: नेपाल कम्युनिष्ट पार्टी (एमाले) को केन्द्रीय कमिटी बैठक शनिबार बसिरहेको छ। बैठक ११ बजेदेखि ललितपुरको एकान्तकुनास्थित म्याजेस्टिक ग्राण्ड प्यालेसमा बसिरहेको छ ।
बैठकमा त्यसपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यसूची रहेको छ। अध्यक्ष ओलीले केन्द्रीय कमिटीको पहिलो बैठकयताका राजनीतिक घटनाक्रम, पार्टीले खेलेको भूमिका तथा आसन्न आम निर्वाचन र त्यसको तयारीका विषयमा स्पष्ट पार्ने कार्यक्रम छ।
बैठकको महत्वपूर्ण एजेन्डामध्ये पार्टी नियमावली संशोधन प्रमुख रहेको छ। दोस्रो विधान महाधिवेशन ९२०–२२ भदौ २०८२० र एघारौँ राष्ट्रिय महाधिवेशन ९२७ मंसिर–३ पुस २०८२० ले पार्टी विधानमा गरेको संशोधनका आधारमा नियमावलीमा आवश्यक संशोधन प्रस्ताव प्रस्तुत गरी पारित गरिने छ।
यसैगरी एघारौँ राष्ट्रिय महाधिवेशनको आम्दानी–खर्चसम्बन्धी मोटो विवरण पनि बैठकमा पेश गरिने छ। पार्टीका अनुसार चितवनमा सम्पन्न एघारौँ महाधिवेशन, दशौँ महाधिवेशनको तुलनामा करिब तीन करोड रुपैयाँ कम खर्चमा सम्पन्न भएको थियो।
आवास र यातायात खर्च नलागेकाले महाधिवेशन तुलनात्मक रूपमा किफायती भएको जनाइएको छ।
बैठकमा पुस १२ र पुस २२, २०८२ मा सम्पन्न केन्द्रीय सचिवालयका दुई बैठकले गरेका निर्णयहरू अनुमोदनका लागि प्रस्तुत गरिने छ। ती निर्णयहरू अन्तरपार्टी निर्देशन–१ मार्फत कार्यान्वयनमा गइसकेका छन्।
कार्यसूचीअनुसार एघारौँ राष्ट्रिय महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटीका पदाधिकारी तथा सदस्यहरूलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रमाणपत्र वितरण गर्ने कार्यक्रम पनि रहेको छ।
बैठकको अन्त्यमा समसामयिक विषयमा विविध प्रस्ताव प्रस्तुत गरी पारित गरिने जनाइएको छ ।
गोरखाः चट्याङ लागेर गोरखा बुंकोटमा एक जना बालिकाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । आज दिउँसो ४ बजेतिर परेको चट्याङ लागेर सहिद लखन गाउँपालिका–८ बुंकोटकी १२ बर्षीया दिलिशा घर्ती मगरको मृत्य...
काठमाडौंः फरक राजनीतिक दल वा उम्मेदवारलाई निर्वाचन प्रचारप्रसारमा कुनै अवरोध गरेको पाइए रु दुई लाख बराबरको जरिवाना हुने भएको छ । सङ्घीय कानुन बमोजिम निर्वाचनको प्रचारप्रसार गर्न वा मतदानको अधिकार...
पोखराबाट काठमाडौं आउँदै गरेको यात्रु बस त्रिशूली नदीमा खस्दा ६ महिला र ११ पुरुषको मृत्यु भएको पुष्टि भएको छ । २७ जना घाइतेलाई उद्धार गरेर विभिन्न अस्पताल पठाइएको छ । धादिङका प्रमुख जि...

