१७ तस्बिरमा घुम्नहोस्, 'ह्याङ्जाकोट होमस्टे'
कास्की | पुस २८, २०८२
कास्की: धौलागिरी, माछापुच्छ्रे र अन्नपूर्ण हिमालको सिरेटो र होमस्टे सञ्चालकले फूल, अबिर र मालाले स्वागत गर्छन् । अनि अर्गानिक खाजा र चिया पाहुनालाई टकार्छन् ।
उत्तरतिर लस्करै देखिने हिमश्रृङखला र आतिथ्यताले पाहुनाहरु पुलकित हुन थाल्छन् । यो पर्यटकीय राजधानी पोखराको छिमेकी पालिका माछापुच्छ्रे गाउँपालिकाको ह्याङ्जाकोट गाउँ हो ।
जहाँ २०६४ सालदेखि सामुदायिक होमस्टे सञ्चालनमा छ ।
२० घरदेखि सुरु भएतापनि बसाइँसराइँका कारण हाल १ दर्जन घरले होमस्टे सञ्चालन गर्दै आएका छन् । जुन गाँउ प्रकृति र संस्कृतिमा निकै धनि छ ।

कसरी जाने ?
पोखराको सिमपानीबाट १८ किमी दूरीमा रहेको यस गाउँसम्मै पक्की सडकको सुविधा छ । सिमपानी, याम्दी, हेम्जाको मिलनचोक, मेलबोट झिझिर्का, धितालबाट हुँदै ह्याङ्जाकोट पुग्न सकिन्छ ।
अधिकांश गुरुङ समुदायको बसोबास रहेको यस गाउँमा करिब ५० घर रहेको छ । तर, १२ घरमा मात्रै होमस्टे सञ्चालनमा छ ।
करिब ८० जना पाहुना राख्ने क्षमता भएको यस होमस्टेमा प्रतिव्यक्ति १ हजार २ सय रुपैयाँ प्याकेजको व्यवस्था छ ।
हेर्नुहोस्, थप तस्बिर:

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय, पोखराले चालु आर्थिक वर्ष २०८२/८३ को तेस्रो त्रैमाससम्म विभिन्न ७ मुद्दा दायर गरेको छ । अनुगमन एवं निरीक्षणका क्रममा विभिन्न खाद्य उद्योगहरुले न्यूनस्तर खाद्य पदार्...
रुकुम पश्चिम/पूर्वी रुकुम — पृथ्वी होटल व्यवसायी समिति पोखराले सञ्चालन गर्दै आएको “पोखरा जाऔं, प्रकृतिसँग रमाऔं” अभियान अन्तर्गत आज रुकुम पश्चिमको मुसिकोट र पूर्वी रुकुमको रुकुमकोटमा पर्...
कास्की जिल्ला अदालतबाट विभिन्न कसूरमा फैसला भई कैद तथा जरिवाना भुक्तान गर्न बाँकी रहेका २७ जना फरार प्रतिवादीहरूलाई प्रहरीले एकै दिन पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कास्की तथा मातहतका कार्य...

