सिक्लेसमा माघी मेला: छेलो प्रतियोगितामा पर्वतका मिलन विजयी

पाेखरा | माघ २, २०८२

सिक्लेसमा माघी मेला: छेलो प्रतियोगितामा पर्वतका मिलन विजयी

पोखरा: कास्कीको मादी गाउँपालिका–१ सिक्लेसमा सम्पन्न भएको छेलो प्रतियोगितामा पर्वतका मिलन सुनारले विजयी भएका छन् । 


माघी मेलाको अवसरमा सभा युला सभाथर  परिवारको आयोजनामा सम्पन्न भएको प्रतियोगितामा प्रतियोगितामा पर्वत जिल्लाका मिलन सुनारले ६४ फिट ११ इन्च दूरीमा छेलो फ्याँक्दै प्रथम स्थान हासिल गर्न सफल भए। विजेताले सुनारले रु ४५ हजार नगद पुरस्कार प्राप्त गरेका छन्।


त्यस्तै, रोहित सुनारले ६४ फिट ५ इन्च दूरी कायम गर्दै दोस्रो स्थान हासिल गरेका छन्। उपविजेता भएका उनले ४० हजार नगद पुरस्कार प्राप्त गरे । 


आयोजकका अनुसार यस्ता प्रतियोगिताले मौलिक खेलकुदको संरक्षणसँगै युवापुस्तालाई परम्परागत खेलप्रति आकर्षित गर्न सहयोग पुर्‍याउने विश्वास लिइएको छ।


प्रतियोगितामा गण्डकी प्रदेशका विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो।


परम्परागत खेलको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विभिन्न स्थानका खेलाडीहरूको सहभागिता रहेको थियो।

पर्यटकीय नगरी पोखरामा हुने रोटरी इन्टरनेशनल डिस्ट्रिक्ट ३२९२ को १८ औं डिस्ट्रिक्ट कन्फरेन्सको तयारी पूरा भएको छ ।   वैशाख ४ देखि ६ गतेसम्म सञ्चालन हुने  सम्मेलनको सम्पूर्ण तयारी अन्तिम चरणमा पुगेको...

थप पढ्नुहोस्

पोखरा ।    गण्डकी प्रदेश सरकारमा आज (बुधबार) मन्त्रिपरिषद् हेरफेर भएसँगै नेकपा एमाले र नेपाली कांग्रेस दुवै दलबाट नियुक्त भए ८ मन्त्रीले सपथ लिएका छन् ।   गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टल...

थप पढ्नुहोस्

पोखरा ।   ‘तेस्रो सूर्यतारा खेल महोत्सव २०८२’ मा पुरुष सेभेन ए साइड फुटबल प्रतियोगितामा रामघाट च्याम्पियन बनेको छ ।   पोखरा २९ भण्ढारढिक खेलमैदानमा भएको फाइनल खेलमा मिक्की ...

थप पढ्नुहोस्