अडान कास्कीको तीनदिने सीपीई तालिम सम्पन्न
पाेखरा | माघ ४, २०८२
पोखरा: अडिटर एशोसिएसन नेपाल (अडान) कास्कीको आयोजनामा तीनदिने निरन्तर व्यावसायिक शिक्षा (सीपीई) तालिम सम्पन्न भएको छ।
तालिम समापन कार्यक्रम अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा सम्पन्न भएको हो। कार्यक्रममा अडिटर एशोसिएसन नेपाल (अडान) का केन्द्रीय अध्यक्ष बद्रीप्रसाद भट्टराई प्रमुख अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।
कार्यक्रममा केन्द्रीय वरिष्ठ उपाध्यक्ष डा. डोलप्रसाद दाहाल, केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदी, उपमहासचिव शिवराज बराल र हेमराज पौडेल, सचिव लिला भट्टराई, केन्द्रीय सदस्यहरू पदमबन्धु पोखरेल, रुद्रनाथ पौडेल, भोला शर्मा तथा अडान गण्डकी प्रदेशका अध्यक्ष ज्ञानबहादुर कार्की विशेष अतिथिका रूपमा उपस्थित रहनु भएको थियो।
कार्यक्रममा बोल्दै अडान कास्कीका अध्यक्ष गुणानिधि पाण्डेले लेखापरीक्षण क्षेत्रको गुणस्तर अभिवृद्धिका लागि सीपीई तालिम अनिवार्य र अपरिहार्य रहेको बताउनु भयो।
प्रमुख अतिथि तथा अन्य अतिथिहरूले लेखा क्षेत्रमा भइरहेको परिवर्तन, दक्ष जनशक्ति विकास र व्यावसायिक आचरणमा सीपीई तालिमको भूमिकाबारे धारणा व्यक्त गर्नुभएको थियो।
केन्द्रीय उपाध्यक्ष चन्द्रबहादुर सुवेदीले लेखापरीक्षणमा प्रयोगमा आएका नयाँ प्रविधि, आर्थिक ऐनले गरेका नवीन व्यवस्था तथा अन्तर्राष्ट्रिय अभ्यासमा आएका नयाँ प्रविधिबारे जानकारी गराउनु तालिमको मुख्य उद्देश्य रहेको स्पष्ट पार्नुभयो।
तालिममा रोशन सापकोटा र विवेक श्रेष्ठले प्रशिक्षकको रूपमा प्रशिक्षण दिनु भएको थियो। अडान कास्कीका सचिव कृष्णप्रसाद ढुंगानाले कास्की जिल्लालाई आर्थिक रूपमा सबल बनाउँदै अडिटरहरूबीच एकता सुदृढ गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जानकारी दिनुभयो। उहाँका अनुसार अग्रजहरूको सल्लाह, सहभागिता र सहयोगका कारण कार्यक्रम सफल भएको हो।
तालिममा करिब १५० जनाको सहभागिता रहेको थियो। सोही अवसरमा नवनिर्वाचित पदाधिकारीहरूलाई अडान गण्डकी प्रदेशद्वारा सम्मानपत्र र दोसल्ला ओढाएर सम्मान तथा शुभकामना व्यक्त गरिएको थियो।
कार्यक्रम सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यक्ति तथा संस्थाप्रति आयोजकले धन्यवाद व्यक्त गरेको छ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

