जुम्लामा रारा अल्ट्रा म्याराथन, विजेतालाइ सवा लाख पुरस्कार
काठमाडाैं | चैत २५, २०७८
जुम्लाः जुम्लामा रारा अल्ट्रा म्याराथन सुरु भएको छ । जिल्लालाई उच्च पर्वतीय खेलकुद प्रशिक्षण केन्द्रका रुपमा स्थापित गर्ने उद्देश्यले म्याराथन सुरु गरिएको हो ।
कर्णाली स्पोर्टस् क्लब जुम्लाको आयोजनामा भएको उक्त म्याराथनको उद्घाटन कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले गर्नुभयो । क्लबका अध्यक्ष सरोज शाहीले खेलकुदको महत्वबारे बुझाउन तथा खेल संस्कृतिको विकास गर्न म्याराथन सुरु गरिएको बताउनुचयो ।
कीर्तिमानी धावक हरिबहादुर रोकायाले अल्ट्रा म्याराथन पहाडमा दौडिँदै शान्तिको आनन्द लिने माध्यम भएको धारणा राख्नुभयो । कर्णाली स्पोर्टस् क्लबका अनुसार हालसम्म दौडका लागि ६० जनाले नाम दर्ता गराएका छन् ।
प्रथम हुनेले रु एक लाख २५ हजार, द्वितीयले रु ६२ हजार ५००, तृतीयले रु ३७ हजार ५०० र सान्त्वना पुरस्कार सात जनालाई जनही रु ६ हजार ५०० का दरले प्रदान गरिने छ । जुम्ला सदरमुकाम खलङ्गाको चन्दननाथ मन्दिरबाट चेरे लेक, बुलबुले हँुदै रारातालमा गएर दौड सकिनेछ ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

