पीएम कप: लेखनाथ र अरण्यज्योति विजयी

पाेखरा | माघ १०, २०८२

पीएम कप:  लेखनाथ र अरण्यज्योति विजयी

पोखरा: प्रधानमन्त्री कप (पिएम कप) कास्की जिल्ला क्लबस्तरीय एक दिवसीय क्रिकेटमा शनिबार २ खेल सम्पन्न भएका छन् । पोखरा र लेखनाथस्थित क्रिकेट मैदानमा भएको खेलमा लेखनाथ र अरण्यज्योतिले आ–आफ्नो खेलमा जित हासिल गरेका छन् । 


कास्की जिल्ला क्रिकेट संघको आयोजनामा जारी प्रतियोगितामा लेखनाथले गण्डकी स्पोट्र्स क्लबलाई ४८ रनले हराएको छ भने अरण्यज्योतिले एभरेष्टलाई १९३ रनले हराएको छ ।  

 
लेखथनामा लेखनाथ क्रिकेट क्बलले गण्डकी स्पोट्र्स क्लबलाई हराएको हो । १९१ रनको विजयी लक्ष्य पाएको गण्डकी ४१ ओभरमा १३७ रन बनाउँदै अलआउट हुन पुग्यो । गण्डकीका लागि सौरभ शर्माले अर्धतकीय पारी खेलेपनि जितका लागि पर्याप्त रहेन । उनले ५६ रन बनाए । यस्तै विवेक अधिकारीले १७ र सम्राट अधिकारीले १५ रन बनाए । 


लेखनाथका लागि सुवाष वास्तोला, सुशिल सुवेदी र साजन क्षेत्रीले समान २÷२ विकेट लिए । 


त्यसअघि पोखरा क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लेखनाथले ४२.५ ओभरमा अलआउट हुँदै १९० रन बनायो । लेखनाथका लागि राजकुमार छन्त्यालले अर्धशतकीय पारी खेले । उनले ६९ बलमा ५७ रन बनाए । देव यादवले २४ तथा सुवाष वास्तोलाले १८ रन बनाए । 


गण्डकीका लागि दीक्ष्यन अर्याल र अनिष पोखरेलले ३÷३ विकेट लिए भने हिमाल आचार्यले २ विकेट लिए । खेलको प्लेयर अफ दि म्याच लेखनाथका राजकुमार छन्त्याल घोषित भए । 


यस्तै शनिबार नै भएको अर्को खेलमा अरण्यज्योति क्रिकेट क्बलले एभरेष्ट क्रिकेट क्लबलाई १९३ रनले हराएको छ । २५३ रनको विजयी लक्ष्य पाएको एभरेष्ट ३६ ओभरमा १५९ रनमा अलआउट हुन पुग्यो । एभरेष्टका लागि कमल थापाले ३७, समिर आलमले १९ र सचिन कडेलले १८ रन बनाए । 


अरण्यज्योतिका लागि आकाश वोगटीले ३ तथा अभिषेक भुजेल र सफल थापाले समान २÷२ विकेट लिए । 


त्यस अघि टस हारेर ब्याटिङको निम्तो पाएको अरण्यज्योतिले ४७.४ ओभरमा ३५२ रन बनाउदै अलआउट हुन पुग्यो । अंकित गजुरेलले शतकीय पारी खेले । उनले ८३ बलमा ११० रन बनाए । विमोचन सापकोटाले ६५ तथा प्रदिप पौडेलले ४८ रन बनाए । एभरेष्टका लागि सिजन पौडेलले ४ विकेट लिए भने युवराज ठाकुरले ३ तथा शिवकुमार महतोले २ विकेट लिए । 
 

व्यवस्थापन संकायको मास्टर्स अफ बिजनेस स्टडिज (एमबीएस) प्रथम सत्रको प्रश्न पत्र सार्वजनिक गरेको आरोपमा प्रहरीले २ जनालाई नियन्त्रणमा लिइएको छ ।   प्रश्नपत्र बाहिरिएको समाचार आएपछि शिक्षामन्त्री सस्मित पोखरेलल...

थप पढ्नुहोस्

पोखरा  ।   नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको दशौं रारा पोखरा स्पोट्र्स अवार्ड–२०८२ बाट ७ लाख ७१ हजार ४ सय १८ रुपैयाँ बचत भएको जनाएको छ ।   मञ्चले आईतबार ए...

थप पढ्नुहोस्

पोखराको सिर्जना चोकस्थित अशोका कलेज अफ इन्जिनियरिङ एन्ड म्यानेजमेन्टले काठमाडौँ विश्वविद्यालय (केयू) बाट सम्बन्धन लिएर ब्याचलर अफ इन्फर्मेसन टेक्नोलोजी (बीआईटी) कार्यक्रम सञ्चालनमा ल्याएको छ ।   गण्डकी प्रद...

थप पढ्नुहोस्